-

  • नयाँ खबर

    13 November, 2016

    सम्मान र विकासको लागी राजनीतीः नेतृ घिमिरे


    – निलम पन्त,
    मध्य नेपाल सन्देश 
    वीरगंज उप–महानगरपालिका – १६ राधेमाई टोलमा निवासी ५८ वर्षिय रेखा घिमिरे करीब दुई दशकदेखि राजनीतिमा सक्रिय रहेकी छन् । उनी आफनो जीवनको अधिकाँस समय अर्थात आफनो युवा अवस्थाको करीब २५ वर्ष राजनीतिमै खर्चेकी छन् । मधेशको राजनीतिमा यत्रो लामो समय खर्चे पनि खासै आफनो र समाजको उपलब्धि नभएको उनको कथन छ  । नेताहरुको दोहोरो नीति भन्ने र गर्ने कार्यमा फरक पाईने गरेकोले राजनीति स्वच्छ नभएको समेत घिमिरेको गुनासो छ । ०१५ कात्तिक २० गते वीरगंज स्थित राधेमाईमा नै रेखा घिमिरेको जन्म भएको हो ।
       १५ बर्षकै उमेरमा विवाह भएकी रेखा आफ्नो श्रीमान्को सहयोगले मात्र राजनीतिमा टिकेको बताउँछिन् । वि.सं. ०४८ सालदेखि नेपाल सदभावना पार्टीमा प्रवेश गरेकी उनी अहिलेसम्म राजनीतिमा सक्रिय नै रहेकी छन् । मिहिनेत र लगनशीलताले पार्टीको केन्द्रिय सदस्य रहेकी रेखा खाली राजनीतिमा मात्र सिमित भने छैनन् । उनी सीप नभएका सर्वसाधारण महिलाहरुले आत्म निर्भर हुन सीप र ज्ञान सिक्नुपर्छ भन्ने उच्च चाहना राख्ने जुझारु महिला पनि हुनु हुन्छ । त्यसै क्रममा उनी अहिले नेपाल महिला कल्याण संस्थाको अध्यक्ष समेत रहनु छ । सामाजिक र राजनितिक उतारचढाव तथा मधेशको समसामयिक विषयमा मध्य नेपाल सन्देशका लागि तिनै रेखा घिमिरेसंग गरिएको कुराकानी :
    महिलाहरुलाई कस्तो खाले सीपमुलक तालिम उपलब्ध गराउँदै आउनु भएको छ ?
    – पिछडिएका, बेरोजगार, दलित, जनजाती, आदिवासी तथा एकल महिलाहरुलाई सीपमुलक तालिम उपलब्ध गराउँदै आएको छु ।
    तपाईले बिशेष गरेर राजनीतिक क्षेत्र नै किन रोज्नु भयो ?
    – महिलाहरुको बहस गर्न जादाँ खेरी सोर्स र फोर्सको जवाना छ । जहाँ पनि नेताहरुको कुराहरु चल्ने, ठूला(ठूला मान्छेसगँ संगत हुन्छ , महिला अधिकारको र महिला हिसांको सुनिश्चित गर्न सक्छु भनेर राजनीतिलाई अंगालेर महिलाहरुको जीवनस्तर उकास्न र महिलाहरुलाई अगाडी बढाउनको लागि राजनीतिमा प्रवेश गरेको हुँ । साथै दोस्रो उद्देश्य राजनीति यस्तो चिज हो राजनीति दलमा आबद्ध भएपछि मात्र प्रहरी प्रशासनमा पहँुच पुग्ने भएको कारणले महिलाहरुको आर्थिक, सामाजिक र  समगठ्र विकासका लागि पनि राजनीति क्षेत्र अंगाल्न पुगेको हो । 
    तपाई सद्भावना पार्टीमा कहिलेदेखि काम गरिरहनु भएको छ ?
    – वि.सं.२०४९ सालदेखि सद्भावना पार्टीमा रहेर राजनीति कर्म गर्दैछु । म सद्भावना पार्टीमा निःस्वार्थ सेवा गर्दै आईरहेको छु । जुन पार्टीमा बसे पनि विकास नै गर्ने हो, जनताको सेवा नै गर्ने हो ।
    तपाई पहाडी मुलको महिला मधेसवादी दलमा राजनीति गर्दाको अनुभव के छ ?
    – म पहिला कंग्रेसमा थिएँ । एन.डि.आई को तालिम सद्भावना पार्टीमा आएको थियो । अनि  सद्भानवा पार्टीमा महिलाहरुको कम उपस्थिति भएको कारणले त्यो पार्टीका महिला नेतृ शारदा देवीले म कहाँ आई तपाई तालिममा हिड्नुस् भन्नु भयो । अनि म जादाँ पार्टीका नेताहरुले मलाई धेरै सम्मान गर्नुभयो । म पहाडी मुलको भएता पनि जहाँ सम्मान र साथ पाएँ त्यहि बसेर राजनीति पनि गरिरहेकी छु । 
    बाबुको नामबाट छोरा र छोरीको नागरिकता मात्र हुनेकी आमाको नामबाट पनि नागरिकता हुने यसमा तपाईको पार्टीको विचार के छ ?
    – हामीलाई आमाको नामबाट पनि नागरिकता हुनुपर्छ भनेर सघर्ष गर्दैछौं । यो चाहि हाम्रो मागं पनि हो । हाम्रो चाहि अधिकार पाउनु पर्ने हो । बाबु नहुदाँ आमाको नामबाट नागरिकता दिनु पर्नेमा सो नगरी विभेद गरिएकोमा हामी सम्पूणर््ा महिलाहरु आफनो अधिकारको निमित्त सघर्षमा जानुपर्छ भन्ने नै हो ।
    तपाईको पार्टीको मुख्य एजेन्डा के–के हो ? 
    – पार्टीको भन्नुपर्दा नागरिकता समस्याको समाधान, समावेशी समानुपातिक, निर्वाचन प्रणाली र एक मधेस एक प्रदेश लगायतका मुख्य एजेन्डा हो ।
    महिला अधिकारकोे लागि तपाईहरुले केके कार्यक्रमहरु अघि सार्नु भएको छ ?
    – राजनीतिको मुलधारमा महिलाहरुलाई ल्याउनको लागि वार्ड, गाउँ नगरसम्म महिलाहरुको बिचमा जनचेतना जस्ता कार्यक्रम लगिरहेका छौं ।
    राजनीतिमा महिलाहरु अघि नबढ्नुको कारण के होला ?
    – महिलाहरु सुरक्षित छैन् । शिक्षामा पछि परेका छन् । हाम्रो समाजमा महिलाहरु राजनीतिमा हिड्यो भने विभिन्न टिका-टिप्पणी भएको कारणले राजनीतिमा अघि नबढेका हुन् । विभिन्न किसिमको शोषणहरु पनि पुरुषहरुबाट खेप्नुपर्छ ,त्यही भएर महिलाहरु अगाडि आउन सकेका छैन्न । 
    आगामी दिनमा महिलाहरुलाई अगाडी बढाउन अझ थप के कार्य योजनामा हुनुहुन्छ ?
    – सीपविकास जस्तैः ब्यूटीपार्लर, हातेकढाई, सिलाईकटाई र विभिन्न महिलाहरुको आवश्कता अनुसार महिलाहरुलाई अगाडी बढाउन अझ थप कार्य योजना ल्याउने तयारीमा छु ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सम्मान र विकासको लागी राजनीतीः नेतृ घिमिरे Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top