-

  • नयाँ खबर

    16 November, 2016

    नेपाल एएफसी सोलिडारिटी कप च्याम्पियन, मकाउ १–० ले पराजित


    नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । मलेसियामा मंगलबार भएको फाइनलमा मकाउलाई  १ – ० ले  पराजित गर्दै नेपालले उपाधि जितेको हो । 

    नेपालले सोलिडारिटी कपको पहिलो संस्करणको उपाधि जितेको हो । नेपाललाई एसियाली फुटबल महासंघ ९एएफसी० ले पहिलो पटक आयोजना गरेको प्रतियोगिताको उपाधि दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे । सोलिडारिटी कपको उपाधिसँगै नेपालले एएफसीले आयोजना गर्ने पहिलो प्रतियोगिता जित्न सफल भयो । यसअघि नेपालले एएफसीले आयोजना गर्ने प्रतियोगिता जितेको थिएन । 

    मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा भएको फाइनलमा नेपालले आफु भन्दा तल्लो बरियताको मकाउमाथि सहज जित निकाल्यो ।  फिफा वरीयतामा १ सय ९६ औं स्थानमा रहेको मकाउबिरुद्ध १ सय ८६ औं स्थानको नेपालले सुरुवातबाटै आक्रामक खेल खेलेको थियो । तर, नेपालले पहिलो हाफको ३० औँ मिनेटमा सुजल श्रेष्ठको गोलबाट सुरुवाती अग्रता लिएको थियो । भरत खवासले उपलब्ध गराएको क्रसमा सुजलले सुन्दर हेड गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।  त्यसअघि भरतले सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल गोल पोस्ट नजिकैबाट बाहिरिएको थियो । दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन् सकेन र सुजलको गोलले नेपाललाई उपाधि दिलाउन प्रयाप्त भयो ।
    सोलिडारिटी कप जितेसंगै नेपाली टोलीले उपाधिमा पनि ह्याट्रिक गरेको छ ्र नेपालले यसअघि बंगबन्धु गोल्डकप र दक्षिण एसियाली खेलकुद ९साग० को उपाधि जितेको थियो ्र यस्तै नेपालले लगातार आठ खेलको अपराजित यात्राको कीर्तिमान कायम गरेको छ ।  गत वर्ष त्रिभेन्द्रममा भएको साफ च्याम्पियनसिपमा भारतसँग ४–१ ले हारेयता नेपाली राष्ट्रिय टिम अपराजित रहेको छ । भारतसँग पराजित भएपछि नेपालले श्रीलंकालाई पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम गरेको हो ्र यसबीचमा नेपालले बंगलादेशमा सम्पन्न बंगबन्धुको उपाधि र १२ औं सागमा स्वर्णपदक जितेको थियो ।

    योसंगै नेपालले मकाउलाई चौथो पटक पराजित गर्न सफल भएको छ । यसअघिको पाच भेटमा नेपालले तिन पटक जित निकालेको थियो भने मकाउले एक खेलमा जित हासिल गरेको थियो । दुई टोलीबीच एक खेल भने बराबरीमा सकिएको थियो । 

    प्रतियोगितामा समुह ए मा रहेको नेपाल अपराजित रहदै फाइनलमा पुगेको थियो । ७ टोलीको सहभागिता रहेको प्रतियोगितामा मकाउले पनि अपराजित रहँदै फाइनल नेपालसंगको भेट पक्का गरेको थियो । नेपालले पहिलो सेमिफाइनलमा लाओसलाई ट्राइबेकरमा ३–० ले हराएको थियो भने मकाउले ब्रुनाईलाई ट्राइबेकरमै  ४–३ ले पराजित गरेको थियो ।

    एएफसी च्यालेन्ज कप आयोजना हुन छोडेपछि एएफसीले त्यसको विकल्पको रुपमा एएफसी सोलिडारिटी कप आयोजना गरेको हो । एएफसीले सन् २०१८ को विश्वकप र २०१९ को एसियन कप छनोटबाट बाहिरिइसकेका टोलीलाई प्रतियोगितामा सहभागी गराएको थियो ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल एएफसी सोलिडारिटी कप च्याम्पियन, मकाउ १–० ले पराजित Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top