कति बुझाउँ यो दुुनियालाई
कति बुझाउँ यो आँखालाई
कति सम्झाउँ हुरी बतासलाई
कति रोकौँ यो जिन्दगीलाई
कति बुझाउँ
पानी भए त सुकाइ दिन्थँे
आशु नै हौ र बहाइ दिएँ
ढुङ्गा भए त फोडी दिन्थेँ
मुटु नै हौ र लुकाइ राखँे
सपना भए त बिर्सी दिन्थँे
बिपना नै हौ र आफैँ तर्सें
मुर्ति भए त तोडी दिन्थेँ
मान्छे नै हौ र माया गरें
सुजन गोर्खाली, राप्ती रोड हेटौडा
0 comments:
Post a Comment