-

  • नयाँ खबर

    28 November, 2016

    नागरिक अभिनन्दनले नसमेटेको स्थानीय नागरिक प्रतिनिधि


    – दीपज्योति श्रेष्ठ
    मध्य नेपाल सन्देश 
    गत हप्ता भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गरे । उनले नेपाल भ्रमण गर्दा काठमाडौं, पोखरा र जनकपुर गरि हाम्रा सुन्दर शहरहरु भ्रमण तथा अवलोकन गरे । त्यसै क्रममा उनलाई जनकपुर र काठमाण्डौमा भने नागरिक अभिनन्दन पनि गरियो । जनकपुरमा गरिएको नागरिक अभिनन्दनको पत्रिकामा खबर पढ्दा मेरो आँखा नागरिक अभिनन्दन गर्नेको नाममा गएर टक्क अडियो किनकि जनकपुरमा नागरिक अभिनन्दन गरिने भनेपछि मेरो मनमा मधेशलाई प्रतिधित्व गर्ने स्थानीय यादव, कर्ण, शाह, मण्डल, भूमिहर, महरा, पासवान, कसेरा, मुसहर आदि थर भएकाले गर्लान् भन्ने अपेक्षा थियो तर मेरो अपेक्षा आश्चर्यमा परिणत भयो जब मैले जनकपुरमा अभिनन्दन गर्ने अभिनन्दनकर्ता मधेशलाई प्रतिनिधित्व गर्ने त्यहाँको स्थानीय थरका नभई मैले पहाडमा सुनिरहेको ‘लुँइटेल’ थर थियो । 
    यो कुरा मेरो मनमा कैयौं दिनसम्म प्रश्न बनेर खड्कीरह्यो । जनकपुरमा गरिएको त्यो अभिनन्दनमा त्यहीको समुदायलाई प्रतिनिधित्व गर्ने समुदायको व्यक्तिले किन गरेनन् ? तर पछि बुझ्दा थाहा भयो यो स्तरको काम नगरपालिकाको प्रमुखले गर्ने गरिँदो रहेछ । त्यही अनुरुप काठमाडौंमा पनि महानगर प्रमुखले गरेका थिए र जनकपुरमा पनि जनकपुरवासीका तर्फबाट तत्कालिन उपमहानगरपालिकाका कार्यकारी निर्देशक पुण्यप्रसाद लुँइटेलले गरेका रहेछन् । 
    मधेशमा पहिचानलाई मुख्य विषय बनाएर धेरै आन्दोलन र विद्रोहहरु भएका छन् । मलाई अचम्म लाग्छ पहिचानका विषयमा ठूलाठूला आन्दोलन गर्न जनतालाई सडकमा उतार्न सक्ने मधेश केन्द्रित दलहरु अहिलेको समयमा स्थानीय निकायको निर्वाचनको विपक्षमा किन आफ्ना अभिमतहरु दिईरहेका छन् । यदि अहिले स्थानीय निकायको निर्वाचन भएको भए सायद अस्ति जनकपुरमा अभिनन्दन गर्ने व्यक्ति मधेशकै जातीको प्रतिनिधित्व गर्ने कोहि हुन्थ्यो होला । जनकपुरमा गरिएको नागरिक अभिनन्दनमा मधेशकै स्थानीय व्यक्तिले गरेको भन्ने खबरहरु आउँदा मधेशको गरिमा अझ कति उचो हुन्थ्यो होला । 
    नेपालमा धेरै समय भईसक्यो स्थानीय तहमा जनप्रतिनिधिहरु नभएको । देशमा करिब दुई दशकदेखि स्थानीय निकाय जनप्रतिनिधि विहिन छ । गाविस, नगरपालिकामा स्थानीय जनप्रतिनिधिको सिटहरु यति लामो समयसम्म रिक्त छ । समय समयमा सधैं कुरा उठ्ने गर्छ स्थानीय निकायको निर्वाचनको तर त्यसले साकार रुप भने अहिलेसम्म लिन सकेको छैन । 
    स्थानीय निकायको निर्वाचन नहुँदा स्थानीय स्तरको मान्छेहरुले गाविस, नगरपालिकामा आफ्नो प्रतिनिधित्व गर्न पाएका छैनन् जसले गर्दा स्थानीय प्रतिनिधित्व सरकारी कर्मचारीले गरिरहेको छ । यसले गर्दा यस्ता स्थानीय स्तरका कुराहरुमा बयूरोक्रेसीको उच्च बर्चस्व हुने गरेको छ । स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा अहिले कर्मचारीतन्त्रले स्थानीय निकायहरु चलिरहेका छन् । 
    पहिलो संविधानसभाको निर्वाचनसँगै स्थानीय निकायको निर्वाचनको हल्ला निकै चर्चामा रह्यो । दोश्रो संविधानसभाको निर्वाचनले पनि यसलाई निरन्तरता दियो । तर यथार्थमा नयाँ संविधान जारी भईसकेपछि पनि स्थानीय निकायको निर्वाचनको कुरा भने भाषण र गफहरुमा मात्र सिमित हुन पुगेको छ । लगभग दुई दशकदेखि स्थानीय स्तर जनप्रतिनिधि विहिन हुनु भनेको मजाकको कुरा होइन । २०५४ सालमा जन्मिएको बालकले भोट खसाल्ने उमेर हुने आँटिसक्यो तर स्थानीय निकायको चुनावको कुरा अझै पनि दलहरुको घोषणापत्र तथा लिखित सहमतिमा मात्रै सिमित छ । म सायद १(२ कक्षामा पढ्दै थिएँ जुनबेलामा अन्तिम पटक स्थानीय निकायको निर्वाचन भएको थियो नेपालमा । अहिले म मास्टर्स भ्याउने तरखरमा छु तर अझै यसको अत्तोपत्तो छैन । यो बडो लाजमर्दो कुरा हो नेपाली राजनीतिमा ।
    भारतीय राष्ट्रपतिलाई जनकपुरमा अभिनन्दन गरिँदा यदि स्थानीय निकायमा जनप्रतिनिधि हुन्थ्यो भने उनलाई अभिनन्दन गर्ने त्यहाँकै स्थानिय बासिन्दा मध्ये कोहि हुन्थे । एकपटक मनन गरौँ त । जनकपुरमा भएको नागरिक अभिनन्दनको घटना त एउटा प्रतिनिधि उदाहरण मात्र हो । स्थानीय निकायको निर्वाचन नहुँदा हाम्रा गाविस र नगरपालिकाहरुमा स्थानीय प्रतिनिधिहरुको अभावमा हामी सबैले अनेकौं दुस्ख(कष्टको सामना गर्नुपरेको कुराको हामी सबै भुक्तभोगी नै हौँ । मेरो मनमा घरिघरि प्रश्न उठ्ने गर्छ स्थानीय निकायमा जनप्रतिनिधिको अभावमा जनताले यति धेरै सास्तिहरु भोगिरहँदा हाम्रा नेतागणहरु भने अझै पनि स्थानीय निकायको चुनावको बारेमा लागिपरेका देखिदैनन् । के उनीहरुलाई जनताको माया लाग्दैन ? त्यसैले, अब भने स्थानीय निकायको निर्वाचनको लागि नेताज्यूहरुले धेरै समय अलमलिनु हुँदैन । भ्mबष्(िमभभउशथयतष्२नmबष्।िअयm
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नागरिक अभिनन्दनले नसमेटेको स्थानीय नागरिक प्रतिनिधि Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top