-

  • नयाँ खबर

    30 November, 2016

    जाडोमा छालाको हेरचाह कसरी गर्ने


    अञ्जली चौहान

    मध्य नेपाल सन्देश, 
    परिवर्तित समयसँगै आम मानिसमा फैशन प्रति आकर्षण बढ्दै जानु नौलो होइन । अरुभन्दा राम्रो र सुन्दर देखिन डिजाईन डूेसदेखि लिएर विभिन्न किसिमका महंगा कस्मेटिकस समानहरुमा पैसा खर्च गर्न पछि परेका छैनन् । मान्छे सुन्दर र आकर्षक सफा सुग्घर अनुहार हातखुट्टाले देखिन्छ । त्यसैले हामी अब जाडो बढ्दै गएकाले जाडोमा आफ्नो छालाको हेरविचार कसरी गर्ने र आफनो सुन्दरतालाई अझ निखार्न के के गर्नुपर्छ जानि राखौं ।
    १. जाडोको मौसममा गुलाब जल, ग्लोसिरिन र निम्बुको रसलाई मिक्स बनाउने त्यसपछि राति सुुत्नुभन्दा पहिले त्यो पेस्टलाई आफ्नो अनुहारमा लगाउने । 
    बिहान उठने बितिकै अनुहारलाई सफा पानीले धुने । यसरी जाडोमा पनि अनुहार नरम र चम्किलो देखिन्छ ।
    २.  बेसार र नरिवलको दुधलाई मिक्स गरेर पेस्ट तयार पार्ने ,त्यसपछि अनुहारमा लगाउने , १५मिनेट पछि अनुहार पानीले धुने । यसरी उपाय अपनाएमा जाडोमा पनि अनुहारको चमक रहिरहन्छ तथा खस्रो र फुस्रो देखिदैन ।
    ३.  एउटा पाकेको पहेलो केरा र देधलाई मिक्स गरेर पेस्ट तयार पार्ने त्यसपछि आफनो अनेहारमा लगाउने १५ मिनेट पछि सफा पानीले धुने जाडोमा छालाको रङ्ग उज्यालो देखिन्छ । छाला कालो हुनबाट बचाउछ ।
    ४.   जाडोमा धेरै जसो मानिसले तातो पानीले नेहाउने गर्छन तर तातो पानीले जाडोमा छालालाई बेफाइदा गर्छ । छालालाई सुख्खा र खस्रो बनाउँछ । बढि तातो पानीले नुहाउँदा कपाल झर्ने सम्सया पनि देखिन्छ । त्यसैले नुहाउनका लागि हह्का मनतातो पानीको प्रयोग गर्दा राम्रो हुन्छ । मनतातो पानीमा नुहाउने बेला वेवी ओएल अथवा बदामको तेल २-४ बुंदा हालेर नुहाउदा छाला नरम हुन्छ । सुख्खा र खस्रो हुनबाट बचाउँछ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: जाडोमा छालाको हेरचाह कसरी गर्ने Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top