– निलम पन्त
मध्य नेपाल सन्देश,
आफ्नो पहिचान महिलामा मात्र होइन, पूरै शहरमा नै स्थापित गराउन सफल रानी जौन वीरगन्जकी एक होनहार व्यूटिसियन हुन् । २० वर्षदेखि वीरगंजमा ब्यूटिपाार्लर व्यवसाय गरिरहेकी उनको वि.सं. २०२९ सााल जेठ ४ मा जन्म भएको हो । बुवा जन लाउरेन्स र आमा सुजाना मेरीको कोखबाट जन्मेका २ दिदी तथा २ दाजुभाई मध्ये जेठी छोरीको रुपमा उनको यसै जिल्लाको चोर्नी गा.वि.स–२ मा जन्म भएको बुझिएको हो । शहर भन्दा अलि परघर भएर पनि विरगंजकोे माईस्थान विधापीठ स्कूलबाट एस.एल.सी सम्म अध्ययन गरेकी रानी जौनको विवाह वि.सं. २०४६ सालमा चोर्नी गा.वि.स कै फ्रान्सेस विजेन्सीसगं भएको उनले बताइन् । विवाह भने आफ्नै धार्मिक रितीरिवाज अनुसार भएको र गाउँमा नै बसेता पनि आफै स्वरोजगार बन्ने उद्देश्यले आफु भित्र रहेको सीपलाई प्रष्फुटन गरी अगाडी बढाउनलाई उनले रानी ब्यूटिपार्लर खोलेको तर्क गरिन् । अहिले पनि उनको व्यूटिपार्लर वीरगंजको मोहन मार्केटमा संचालन भइरहेको छ । हाल उनी नेपाल ब्यूटिसियन संघको उपाध्यक्ष पदमा समेत रहेकी छन् । स्थानीय स्तरमा विभिन्न सघं संस्थाको प्रतिनीधिहरु आउँदा महिलाहरुसंग कुरा गर्न खोज्दा महिलाहरु बोल्न लजाउने भएको कारणले त्यस्तो ठाउँमा गई महिलाहरुलाई सम्झाउने, चेतनामुलक कार्यक्रममा सहभागी भई समाज सेवा समेत गर्दै आएको उनको भनाइ छ । उनले हालसम्म १५ जना महिलाहरुलाई निःशुल्क तालिम दिइसकेको बताएकी छन् । तिनै व्यूटिसियन जौनसगं मध्य नेपालका लागि गरिएको कुराकानी :
सुरुको दिनमा यस व्यवसायमा कसरी आर्कर्षित हुनुभयो ?
– बसेर केही काम छैन भन्ने मैले सोचेर केही गर्नुपर्छ भन्ने लाग्यो । अनि यो व्यवसाय सुरु गरें । ताकि अरुलाई पनि फाइदा होस् र मलाई पनि फाइदा होस् भनेर मैले ब्यूटिसियनको कोर्षलाई चुने । यो कोर्ष गरेर १ वर्ष भैसकेपछि मैले पार्लर खोलें । त्यतिखेर पार्लर साधरण थियो । चलाउदै गएपछि राम्रो हुदँै गयो । पछि मैले ब्यूटिसियन कोर्ष पनि गराउन थालें । म आफु जस्तै अरु महिलाहरुलाई पनि अगाडी बढोस् भनेर यस्तै व्यवसाय गर्न सकोस् भनी तालिमहरु पनि दिदै गएँ ।
सुरुमा यो व्यवसाय कसरी शुरु गर्नु भयो ? र कति लगानी लगाउनु भएको थियो ?
– मैले सोचेकी सिक्न त सिकें । तर अब मैले महिलाहरुको लागि पनि केही गर्न सकौं र आफु पनि आफ्नो खुट्टामा उभिन सकुँ र केही पैसाको लागि पनि श्रीमान्सगं माग्नु नपरोस् भन्ने सोच राखी यो व्यवसाय सुरुवात गरेको हुँ । सुरुमा त अलिकति गाहूो भएको थियो । मान्छेले चाहे भने जे पनि गर्न सक्दो रहेछ भन्ने सोचले नै सानोतिनो खोलेको थिएँ । तर सुरुको कम पैसाले पनि आज म ठूलो पार्लर खोलेर बसेको छु । सुरुमा मैले ६० हजार लगानी लगाएको थिएँ ।
यो व्यवसाय कति वर्ष देखि सञ्चालन गर्दै आइरहनु भएको छ ?
– यो व्यवसाय २० वर्ष देखि लगातार सञ्चालन गर्दै आईरहेकी छु ।
यो व्यवसाय सुरु गर्दा समाजको हेर्ने दृष्टिकोण कस्तो थियो र आज कस्तो पाउनु भएको छ ?
– सुरुसुरुमा त हामीहरुलाई समाजले हजामको काम गरिरहेको छ भन्ने गर्थे । तर अति नै दुःख लाग्थ्यिो । अलिकति गााह्रो भएकै हो सुरुका दिनमा । कतिले गिज्याउँने पनि गर्थे । म जुन समाजमा बसेको छु त्यहि समाजले खिल्ली उडाउँथे र भन्ने गर्थे हजामका कपाल काट्न जाउँ भन्थे । तर आज त्यही समाजले ब्यूटिसियन, पार्लर व्यवसायी भनेर सम्मान गर्छन् ।
यो व्यवसाय शहरमुखी मात्र नभई गाउँमुुखी बनाउन केही नयाँ सोच पनि बनाउनु भएको छ ?
– शहरमा त अहिले धेरै ब्यूटिसियन महिलाहरु छन् । तर गाउँमा नभएकोले यो व्यवसाय गाउँ–गाउँमा लगेर गाउँका महिलाहरु जो घरबाट बाहिर निस्किन नसक्ने, चुलो चौकामा समेत सिमित रहने, श्रीमान्को दबाबमा बस्ने जस्ता महिलाहरुलाई समेट्ने वातावरण बनाई स्वयंम् आफनो खुट्टामा उभिन र कसैसित पैसाको लागि हात फैलाउन नपरोस् भनेर यो व्यवसाय गाउँमा लान जरुरी छ ।
महिलाहरु अन्य सीपमुलक कार्यक्रममा अग्रसरता नहुनुको कारण के पाउनु भएको छ ?
– अहिले पनि हाम्रो समाजमा घुंघट प्रथा समाप्त भएको छैन । महिलाहरुलाई घरको मुल गेटदेखि चुलाचौकासम्म सिमित राखी विभेदकारी सामाजिक संस्कार भने यथावत नै छ जस्तो लाग्छ । यो कारणले महिलाहरु अरु व्यवसायमा अग्रसरता नलिएको साथै महिलाहरुले चासो नराखेर हुन सक्छ । म गर्ने सक्दिन भनेर आटँ नगरेको पनि हो । अनि बढिभन्दा बढी घरपरिवारको सपोर्ट नपाएर समेत महिलाहरु पछि परेका छन् ।
यो व्यवसायलाई अझ आकर्षित गराउँन के–के गर्न सकिन्छ ?
– हामीले चाहे जस्तो सधै ग्राहक आईरहन्छ भने जरुरी छैन । हामीले यसै व्यवसायमा लागेर पनि सिलाई, बुटिकको काम र हाते कढाई पनि भित्रभित्रै गर्न पनि सकिन्छ । आफुले पनि केही न केही कस्मेटिकको सामानहरु पनि राखेर बेच्न सकिन्छ ।
आत्मनिर्भरताको लागि के–कस्तो सीपमुलक कार्यक्रम ल्याउँदा अझ महिलाहरुलाई सजिलो हुन्छ ?
– गाउँघरका महिलाहरु त्यति पढेलेखेका हुदैनन् । उनीहरुको लागि सिलाई बुनाई , मैनबत्ती बनाउने , बासँबाट बन्ने काम, डुनट बनाउने काम र डोरीबाट बन्ने सामानहरुको कार्यक्रम ल्याउँदा अझ थप प्रभावकारी हुन्छ जस्तो लाग्छ ।
0 comments:
Post a Comment