-

  • नयाँ खबर

    30 November, 2016

    ज्वानो सेवनबाट हुने फाइदाहरु


    ज्वानोलाइ हामी एक मसलाका रूपमा प्रयोग गर्दछौं । यसको प्रयोग तरकारी आदिमा बढि गरिन्छ तरपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा महिलाहरूका लागी भने धेरै गर्ने गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि ज्वानोको प्रयोगलाइ निकै लाभदायक मानिएको छ । ज्वानोले पाचनशक्ति बढाउँने मात्र हैन हानीकारक जीवाणु एवम् कृमिनाश गर्दछ । यसले वायुविकार हटाउँछ । गर्मी, सर्दी दुबै मौसममा अनुकुल हुने ज्वानोले मानिसहरूलाइ धेरै फाइदा पुर्याउँदछ । पेटको दुखाइ कम गर्न, पेटका कृमिहरु नाश गर्न र पाठेघर सबल पार्नका लागी गर्दा फाइदाजनक हुने गर्दछ । आयुर्वेदमा त ज्वानोको बढी प्रयोग गर्दा हानी देखिएमा धनियाँको प्रयोग गर्नुपर्ने कुरा लेखिएको पाइन्छ ।
    ज्वानोले हाम्रो शरिरलाइ प्रदान गर्ने फाइदाहरुः
    हामीलाइ पेट दुखेमा ज्वानोपानी पकाएर थोरै नून मिसाएर खाएमा पेट दुखेको कम हुन्छ । पेट फुलेको बेलामा पनि भुटेको ज्वानो एक चम्चा र थोरै बीरेनून मिसाई पिस्ने र त्यो पाउडरलाई एकडेढ चम्चा तातो पानीसँग खाने गर्दा पेट फूल्ने समस्या ठिक हुन्छ । कुनैपनि महिला सुत्केरी हुदाँ दूध कम भएमा ज्वानोको प्रयोग बढी गर्नाले महिलाको स्तनमा दूध बढ्दछ । महिलाहरुमा सेतो पानी बग्ने समस्या भएमा नियमित रुपले चौलानी पानीमा भुटेको ज्वानोको पाउडर राखी फिटेर केही महिनासम्म पिउने गर्दा सुधार हुने गर्दछ । ज्वानोमा  क्याल्सियम बढी हुन्छ, जसले गर्दा क्याल्सियम बढी आवश्यक पर्ने बालबालिकाहरू, बुढाबुढी तथा सुत्केरीहरूले ज्वानोको नियमित प्रयोग गरेमा फाइदा हुने गर्दछ । ज्वानोको प्रयोग गरि झोल बनाएर खान सकिन्छ । त्यस्तै तरकारी एवम् भात, रोटी तथा अन्य खानेकुरा आदिमा पनि ज्वानोको प्रयोग गर्न सकिन्छ । – सौजन्य
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ज्वानो सेवनबाट हुने फाइदाहरु Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top