-

  • नयाँ खबर

    11 November, 2016

    जाडो महिनामा सौन्दर्यको हेरचाह

    राधीका केसी
    ब्यूटि कन्सलटेन्सी
    गर्मी महिनाको कडा घाम होस वा जाडो महिनाको चिसो यसको प्रभावबाट हाम्रो शरिर, अनुहार र हात नराम्ररी प्रभाव पर्ने गर्दछन् । 
    विशेष गरि जाडो महिनाको चिसो हावा र सितलहरको कारण हाम्रो शरिरको गोडा, अनुहारको छाला र  ओठ खस्रो हुने र फुटने गरेको हुन्छ । जाडो मौसममा यसबाट बच्नका लागि हामीले विभिन्न उपायहरु अपनाउने गर्दछौँ । खासगरी सुख्खा मौसममा सुख्खा छाला हुनेहरुलाई जाडोले बढी प्रभावीत पार्ने गर्दछन् । 
    शरिरको कुनैपनि भाग यदि जाडोमा प्रभावीत गर्ने गर्दछन् भने यसबाट बच्ने सजिलो उपाय हो, खुल्ला भागलाई कपडाले ढाक्ने प्रयास गर्नुपर्दछन् । जाडोको बेलामा विभिन्न कोल्ड क्रिम, लोसनको प्रयोग भन्दा यसको सट्टा दुधको तर, नौनी प्रयोग गर्नु फलदायी हुने गर्दछन् । जाडो या गर्मि मौसम होस् किलिजिङ्गका लागि काचो दुधको पनि प्रयोग गर्न सकिन्छ । किलिजिङ्गपछी कपास वा तौलिया भिजाएर अनुहार फुछ्नुपर्छ । यसपछि मात्रै हल्का कोल्ड क्रिमको प्रयोग गरे जाडो मौसममा अनुहारको छाला नरम र उज्यालो देखिन्छन् । यसैगरी हातका लागि हेन्ड लोसन, ग्लिसीरीण आदी हात खुट्टामा लगाउनुपर्छ । यसैगरी ओठका लागि कोल्ड क्रिम अथवा दुधको तर लगाउन सकिन्छ । जाडो मौसममा धुलो त्यति मात्रमा नहुने हुदाँ दिनकै ननुहाएपनि जाडो मौसममा अनुहारमा विभिन्न श्रृगार गर्न सकिन्छ । 
    जाडो याममा यी तरिकाहरु अपनाउदाँ छालालाई फाइदा हुने गर्दछन् । 
    – प्रत्येक राती सुत्नु भन्दा अगाडी हात खुट्टा वा अनुहारमा ग्लिस्रिन लगाउने गरेमा अनुहारको छालाका लागी राम्रो हुने गर्दछन् । 
    – सर्सोलाई दुधमा पिँधेर लेदो बनाएर अनुहारमा राम्ररी दलेर लगायो भने अनुहार सफा र नरम हुने गर्दछ । 
    – बदामको तेललाई मैनमा पकाएर बोतलमा थरेर राखी जाडो याममा छाला सुख्खा भएको स्थानमा लगाउँदा धेरै नै फाईदा हुने गर्दछ ।  

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: जाडो महिनामा सौन्दर्यको हेरचाह Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top