-

  • नयाँ खबर

    23 November, 2016

    एक्लै पनि गरेका छन् महिलाले

    – राधा शर्मा, 
     मध्य नेपाल सन्देश, 
    अरुले जे सुकै भने पनि आफूले भने नराम्रो सोच्नु हुन्न भन्ने लाग्छ म सोच्दिन पनि । आफू कस्तो छु भनेर आफूभन्दा बढी अरुले जानेका हुदैनन् । त्यही भएर पनि अरुले जति भ्याउँछन् त्यति सोच्छन् भन्ने लाग्छ । म कस्तो छु भन्ने कुरा म भन्दा बढी अरुले जान्न सक्दैनन् । त्यतिकै भनिएको पनि होइन रहेछ फूलको आखामा फूले संसार । तपाइहरुलाई कस्तो लाग्छ ? मलाई थाहा छैन । तर मलाई लाग्छ कि धेरै महिलाहरु अहिले पनि बाँच्नका लागि पुरुषकै आधार खोज्छन् । विशेष गरी विवाहित महिलाहरु । पुरुषको आड भरोसामा आफू सुरक्षित महसुस गर्छन् । जसका लागि उनीहरुले धेरै मानसिक तथा शारीरिक यातना समेत सहन्छन् । यति सम्मकी कति त आत्महत्या गर्न सम्म पुग्छन् । तर मलाई हिंसा भयो भनेर आफनो इज्जत र सामाजिक प्रतिष्ठाका कारण बाहिर कतै बताउँदैनन् । 
    के अझै पनि हामीले यसरी नै यातना सहन बाध्य हुनु पर्छ त ? तर पुरुष विना पनि महिलाले गर्न सक्छन् । राम्रो गर्न सक्छन् र धेरै गर्न सक्छन् । भन्ने मैले पनि गरेकी छु र अरुले पनि गरेका होलान् जस्तो लाग्छ । मैले पनि एक्लै गरेकी छु र गर्दै आएकी छु । र अझै धेरै गर्न सक्छु भन्ने विश्वास पनि उत्तिकै छ ममा । 
    भन्न त भन्छन् महिला धर्ती हुन् । हरेक कुरा सहन गर्न सक्छन् । सायद त्यसैले पनि जस्तोसुकै पीडा पनि फुल झै हाँसेर पचाउँछन् । अनि हाँस्ने सक्ने हामी किन केही गर्न सक्दैनौ ? सक्छौ अहिले पनि हेरांै न । देशको राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश महिला नै छन् । 
    देशको सर्वाेच्च निकायका ३ तीन पद महिलाले नै सम्हालेका छन् भने हामी किन पछि पर्ने । सबैभन्दा ठूलो आत्मविश्वास हो । म पनि सक्छु भन्ने विश्वासका साथ काम गरेमा पक्कै कोही असफल हुँदैन भन्ने मेरो ठम्याई हो । 
    महिलाले केही गर्न सक्दैनन् भन्नुभन्दा पनि महिला विना पुरुषले नै बरु केही गर्न सक्दैनन् जस्तो लाग्छ मलाइ । एक दिन महिला नभएको घरको अवस्था हेरांै । पुरुषलाई कति सकस परेको हुन्छ । त्यसैले अगाडि बढ्नका लागि एक अर्काको साथ सहयोग त आवश्यक पर्छ नै । तर नभए पनि वा नहुदा पनि गनै सक्दैनन् भन्ने चाहि कदापि होइन । एक्लै पनि धेरै गर्न सकिन्छ, गरेका छन् र गर्छन् पनि महिलाले ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: एक्लै पनि गरेका छन् महिलाले Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top