-

  • नयाँ खबर

    11 November, 2016

    लोड सेडिङ्गको मारमा उद्योग व्यवसाय

    – माधुरी महतो,
    मध्य नेपाल सन्देश 
    बीरगंजलाई आर्थिक नगरीको रुपमा चिनिए पनि खास गरी वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योग कलकारखाना, विभिन्न ब्यवसयाहरु, एफएम रेडीयोहरु चर्को लोडसेडिङका कारण झन् समस्यामा परेका छन् । विद्युत प्राधिकरणले औद्योगिक करिडोरमा दैनिक ९ घण्टा हुने लोडसेडिङले उद्योगको उत्पादनमा निकै ह्रास आएको ब्यवसायीहरुको गुनासो छ ।  
    वीरगन्ज पथलैया औद्योगिक कोरिडोरका लागि दुइ सय मेघावाट विद्युत आवश्यक भएपनि अहिले ८० मेघावाट मात्र विद्युत आपुर्ति भइरहेको छ । नेपाल विद्युत प्राधिकरणले निर्धारण गरेको समय भन्दा पनि बाहेकको समस्यामा पनि विद्युत आपुर्ति कटौती हुँदा उद्योग कलकारखानाहरुले आफनो क्षमता अनुसारको उत्पादन गर्न सकेका छैनन् । उर्जाको अरु विकल्प पनि सहज रुपमा उपलब्ध नभएका कारण उद्योगको उत्पादन लागत खर्चिलो भएर आर्थिक नोक्सान भइरहेको बताउँछन् ब्यापारीहरु । अनियमित लोडसेडिङका साथै पटक पटक हुने टिपिङका कारण कतिपय उद्योगहरु बन्द नै हुने अवस्था सृजना भएको उद्योगीहरुको भनाइ छ । 
    नेपालमा धेरै मात्रामा पानीको श्रोत छ, तर दुःख लाग्दो के छ भने, चौबीस घण्टामा अनियमित रुपमा लोडसेडिङ्ग हुने देश पनि नेपाल नै हो । त्यसमाथी पनि विद्यूत वितरण गर्ने नेपाल विद्युत प्राधिकरणको वितरण प्रणालीमा भएको गडबडी र कर्मचारीको लापरवाहीले विद्युत उपभोक्ताहरुले थप समस्या झेल्न बाध्य हुने गरेका छन् ।  
    अहिले अनियमित रुपमा विद्युतको सेवाबाट बञ्चित भएर बस्नु पर्दा विश्वमै जलस्रोतको धनी मुलुक नेपालका नागरिकलाई लाजमर्दो भएको छ । कतिबेला बत्ति निभ्छ, अनि कति बेला बल्छ भन्ने प्रश्नले बढी महत्व पाउन थालेको छ,नेपाली नागरिकको दिनचर्यामा । 
    दिन प्रतिदिन बढ्दो लोडसेडिङका कारण उद्योगी व्यापारीदेखि लिएर सर्वसाधारण जनताहरु पीडित भएका छन् । विद्युत प्राधिकरणले विद्युत आपूर्ती बन्द गरेका बेला विद्युत जेनरेटरको सञ्चालनमा चर्को खर्चका कारण सञ्चालन लागत बढेको छ । विद्युत प्राधिकरणको लोडसेडिङ्गका कारण सञ्चालन खर्च बढेपछि व्यावसाय नै धरासायी बनेको र कर्मचारीलाई पारिश्रमिक दिन पनि समस्या परेको बताउछन् उधोग सञ्चालकहरु । 
    वैकल्पीक विद्युतको रुपमा इन्भर्टर प्रयोग गरेको भएपनि धेरै समय विद्युत नहुने तथा विद्युत लाईन आएपनि बारम्बार काटिने समस्याले इन्भर्टर चार्ज हुन नपाउँदा पनि समस्या भोग्नुपरेको उधोगी ब्यवसायीहरुको गुनासो छ । त्यतीमात्रै होईन जेनेरेटर चलाउन आवश्यक पर्ने डिजल खरीद गर्दा कर्मचारीलाई तलब दिन समेत समस्या पर्ने गरेको ब्यवसायीहरुको गुनासो छ । राज्यले समय छदै यस तर्फ ध्यान दिन सकेन भने भोलिका दिनमा यहाको औद्योगिक कोरिडोरमा झन् ठुलो समस्या आउन सक्ने र आर्थिक एंव औद्योगिक नगरी वीरगन्जको पहिचान माथि नै प्रश्न उठ्न सक्ने तथा औद्योगिक कोरिडोरका सबै पक्षलाई समेटेर प्याकेज नल्याए उद्योग धराशयी हुने ब्यवसायीहरुको तर्क छ । 
    नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवले भने लोडसेडीनको समस्या देश भरी नै रहेको भन्दै वीरगंज पथलैया औधोगीक कोरीडरको हकमा भने सिस्टममा स्मस्या भई माथि बाटै लाईन कटे पनि विधुत प्राधिकरणले काटेको भनेर भ्रम रहको बताए । उनले अहिले भारतको रक्सौलदेखी परवानीपुर सम्म एक सय ३२ केभीको विधुत प्रसारण लाईन जोड्ने काम चलिरहेकाले उतm प्सारण लाईन बनेपनि धेरै हद सम्म समस्या समाधारन हुने विश्वास ब्यतm गरे । उनले विभिन्न ठाँउ हुकिन गरेर विधुत चोरी गर्ने गरेका कारण पनि पटक पटक लाईन कट्ने समस्या भएको कारण विधुत चोरी गर्ने विरुद्ध अभियान नै चलाएको जनाए । 
    सरकारी मन्त्री र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुले दिन प्रतिदिन बढदो लोडसेडिङ न्यूनिकरण गर्न कुनै ठोस पहल गरेको देखिएको छैन । मन्चमा भाषण ठोक्ने मन्त्रीहरुले लाजै पचाएर नेपालमा लोडसेडिङको समस्या चाँडै समाधान हुने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । राज्य र नेपाल विद्युत प्राधिकरणले समय छँदै देश र नागरिक प्रति जिम्मेवार बनेर लोडसेडिङको समस्यालाइ दिर्घकालिन रुपमा निमूल पार्न पाइला चाल्नु नितान्त आवश्यक छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: लोड सेडिङ्गको मारमा उद्योग व्यवसाय Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top