-

  • नयाँ खबर

    22 November, 2016

    ग्रामीण क्षेत्रमा सरकारी काम दुरुस्त बनाउन मांग


    मध्य नेपाल सन्देश, 
    ग्रामीण क्षेत्रको सेढवा, माहादेवपट्टी, सुवर्णपुर, निर्मलवस्ती र ठोरी गाबिसका जनता र स्थानीय अगुवाहरुले सरकारी सेवालाई दुरुस्त बनाउन सम्बन्धित निकायलाई  आग्रह गरेका छन् । जिल्ला विकास समितिको कार्यालय पर्साले सुवर्णपुरमा शुक्रवार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सरकारले दिदै आएको सेवा यहाँका बासिन्दाका लागि अकासको फल आखाुतरी मर झै भएको बताएका छन् । यसैगरी उनीहरुले बिग्रेको बाटो र अपुग बिजुलीले आफुहरुले भोगीरहेको मुख्य समस्या रहेको बताएका थिए । स्थानीय जनताले गाउँ क्षेत्रमा रहेका जनस्वास्थ्य, पशु सेवा केन्द्र र सदरमुकामस्थित अरु सरकारी अड्डाहरुको सेवा आफुहरुले समुचित रुपमा नपाईरहेको गुनासो गरेका थिए । 
    पर्साका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले जनताको गुनासोलाई सम्बोध गर्दै सम्बन्धीत निकायहरुलाई जिम्मेवार बनाउने बताएका थिए । 
    आफ्नो दायित्व निर्वाह राम्ररी गर्न नसकेका कर्मचारीहरुले सुधार नगरे नियम अनुसार कारवाहीको प्रकृया थालिने र स्थानीय तहको समस्या समाधानमा प्रसाशनिक स्तरबाट सघाउने उनले प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा बोल्ने सूवर्णपुरका अधिकांशले सो गाबिस २०२१ सालमा बसाइए पनि त्यहाँका बासिन्दाले अहिले सम्म जग्गाधनी प्रमाणपुर्जा नपाएको गुनासो राखेका थिए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल लगायतका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ग्रामीण क्षेत्रमा सरकारी काम दुरुस्त बनाउन मांग Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top