माधुरी महतो
मध्य नेपाल सन्देश,
छठको दोस्रो दिनअर्थात आज रसिया रोटि । तराई भेगमा हिन्दु धर्मावलम्बीहरुका लागि कठिन र प्रमुख वर्त सहितको पर्व छठ, छठी माताले राजाको मृत छोरो व्युँताएको किम्वद्धन्तीसँग जोडिएको छ । त्यही बेलादेखि छठी माताको पुजा आराधाना हुँदै आएको देवी भागवत पुराणमा उल्लेख भएको बताइन्छ । सन्तान र परिवारको सुख शान्ति र रक्षाको कामना गर्दै यस पर्वमा छठी माताको पुजा गरिने संस्कृतिविद बताउँछन् । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनलाई ब्रतालुहरूले नहाई खान (नहाएखाए) पनि भन्दछन् । दोस्रो दिनलाई खर्ना भनिन्छ । व्रतालु महिलाहरुले छठको एक महिनाअगावै भोजनमा माछा, मासु परित्याग गर्दछन् भने ४ दिनपहिलेदेखीलसुन, प्याज र कोदो जस्ता वस्तुको परीत्यागगरेर व्रत वस्छन् । छठमा चाहिने सामग्रीहरुको बन्दोबस्तदिपावलीसंग नै गर्न थालिने महिलाहरु बताउँछन् । छठ पुजाको सामग्रीचोखो र शुद्ध हुनुपर्ने जुठो भएमा अनिष्ठ हुने जन विश्वास रहीआएको छ । त्यसैले छठ पुजाभन्दापहिले पुजा सामग्रीतयार गर्दा महिलाले विषेश ध्यानपुर्याउनुपर्ने पर्साको बहुअरीकी एक महिलागीतागिरी देवीले बताईन् । खुल्लाआकास र नदीतलाउमा छठ पर्वकालागि तराईमाभव्यतयारी हुने गर्दछ । दिपावली सकिएलगत्तै छठ पुजाको तयारीमा जुटेका तराईवासीहरुले आफ्नो पायक पर्ने नदी, तलाउ, पोखरीमा छठको पुजागर्ने घाट सजाएका छन् ।
तराई भेगमा लाखौंको खर्चमा पण्डाल, झिलिमिलिमहँगावत्ती र अन्य सजावटका सामानले छठ घाटलाई बेहुली जस्तै सजाएको पाईन्छ । छठ पर्वमाभगवान सूर्यलाई प्रसादका रुपमा अर्घ दिनकालागिप्रयोग हुने नरिवल, मिठाई, फलफुल,केराउ, सुथनी, अदुवा, उखु ,पान , सुपारी लगायतका सामाग्रीहरु किन्नेहरुको बजारमाचहलपहल बढेको छ । त्यसैगरी तराईमादिपावली र छठ पर्वमा माटो र बाँसको सामाग्रीको महत्वनिकै छ । दिपावलीमा माटोको दियो र छठ पर्वमाबाँस तथा माटोले बनाएका सामाग्री अनिवार्य रुपमाप्रयोग गरिन्छ । त्यस्ता सामग्रीहरूको माग बढेकाले अहिले खासगरी यी सामाग्रीबनाउन परम्परा देखिन नै कहलिएका कुम्हाले र डोम समुदायलाई सामानबनाउन र बिक्रीगर्ने गर्दछन् । मातालाई भोग लगाउनका लागि छठका लागिबनाईएको माटाका भाँडा, वाँसको दौरी, सुपली, ढक्की लगाएतका सामग्रीको अनिवार्य रुपले विषेश रुपमाप्रयोगहुने गर्छ । त्यस्तै दिपावलीमा विधुतीय झिलीमली बतिबालेपनि माटोको दियो अनिवार्य रुपमा बाल्नुपर्ने ब्रतालु महिलाहरु बताउँछन् । छठका लागि चाहिने बाँसका सामग्री बनाउनमा वीरगञ्जका डोम समुदाय र माटोको पुजा सामाग्रीको लागि कुम्हाल समुदायका मानिसहरु महिनौ अघि देखी ब्यस्त हुन्छ्न् । अन्य समयमा उनीहरु खुत्रुके र माटोका विभिन्न प्रकारका भाँडा, खेलौना बेचेर खासै आम्दानीगर्न नसके पनि दीपावलीमा माटोको पाला दियोहरु बेचेर मनग्ये आम्दानी कमाउने गर्दछन् ।
छठको पूजागर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफुल, मिठाई जस्ता सामाग्रीहरुलाई साँझपखबाँसको चोयालेबुनेको ढाकी, सुपौली, दउरामा र माटोले बनाईएको ढकनीमा राखीखोला, नदी र तलाउकाकिनारमा लगेर पानीमा पसेर डुबुल्की मार्दै ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् । भोलिपल्ट बिहान पनि जलाशयमा डुबुल्की मारेर हातमा अर्घ लिई उदाउँदो सुर्यलाई चढाइन्छ । छठ पुजा तराईकामधेशी समुदायमात्रनभई अन्य समुदायकाब्यतिmले पनिउतिक्कै श्रद्धा भतिmपुर्वक मनाउनथालेका छन् । छठको तेस्रो र चौथौं दिनमामात्रै छठको साँस्कृतिक रौनकता देखिने गरेको संस्कृतीविदहरुको धारणा रहेको छ । दास्रो दिन अर्थात आज राति चोखो निखो भई नुन विनाको गुडको खिर र फलफुल खाने गर्दछन् । यसैगरी भोलि अर्थात तेश्रो दिन बेलुकी अस्ताउन लागेको सूर्यलाई अर्घ दिएर पूजागरिन्छ भने चौथौं तथा अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई पूजा गरेर ब्रत समापन गरिन्छ ।
0 comments:
Post a Comment