-

  • नयाँ खबर

    13 November, 2016

    स्काउट ट्रपको दिक्षान्त समारोह सम्पन्न

    मध्य नेपाल सन्देश 
    वीरगन्जको आदर्शनगर स्थित बाल मन्दिरमा श्री आदर्श स्काउट ट्रपको दिक्षान्त समारोह शनिबार सम्पन्न भएको छ । श्री आदर्श माध्यमिक विद्यालयमा नवगठित उक्त ट्रपको दिक्षान्त समारोहमा प्रमुख अतिथि नेपाल स्काउटका जिल्ला आयूक्त जैसी चतुर्वेदीले स्काउटले देश विकासको लागि राम्रो विद्यार्थीहरु उत्पादन गरेको र यहाँका विद्यार्थी उच्च तहसम्म पुग्न सफल भएको बताउनु भएको छ । 
    ३६ जना छात्र तथा २० जना छात्राको सहभागिता रहेको सो कार्यक्रममा जिल्ला स्काउटका कार्यक्रम आयूक्त भुपनारायण पटेल, जिल्ला स्काउटर दिलीप कुमार पण्डित, स्काउट युथ काउन्सिलका अध्यक्ष राकेश ठाकुर लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए । आदर्श स्कुलका प्रधानाध्यापक नरेन्द्रमान खखलीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई आदर्श स्कुलका स्काउट हेड रामअहमद पाण्डेले सहजीकरण गरेका थिए । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: स्काउट ट्रपको दिक्षान्त समारोह सम्पन्न Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top