– सन्ध्या पौडेल
मध्य नेपाल सन्देश
धेरै पहिलेको कुरा हो । एक निकै धनि साहु थियो । ऊ काहाँ एउटा नोकर थियो । नोकर एकदमै लोभी थियो । ऊ सधैँ आफनो मालिक सँग तलब बढाउँन बिन्ती गर्दथ्यो । एक दिन को कुरा हो । उँ कुनै काम ले जंगलको बाटो जादैँ थियो । त्यती खेरै उसले आवाज सुन्यो धन र पैसाले भरिएको पाँच वटा माटोको भाँडो लिन्छौ । लोभी नोकरले खुशी हुदै हुन्छ भन्यो र पाँच वटा धनको भाँडो लिएर आफनो घर गयो । घरमा पुगेपछि आफनो श्रीमती लाई सुनायो, हामी माला(माल भयौ । त्यसपछि लोभी नोकरले त्यो पैँसाले भरीएको भाँडो हे¥यो । त्यस मध्ये एउटा भाँडो केही खाली थियो ।
उसले सोच्यो, यदि यो भाँडो पनि पुरै भरिएको हुन्थ्यो भने मेरा पुस्तौ(पुस्ता बसीबसी खाने थिए । उनीहरु लाई कुनै काम या दुःख गर्नु पर्दैन्थ्यो । नोकरले आफैले कमाएको थोरै कमाई त्यस खाली भाडोमा हाल्यो तर भाडो भरिएन । अब ऊ धेरै कन्जुसी र घमन्डी बन्दै जीवन बिताउन सुरु गर्यो । ऊ पहिला भन्दा धेरै मेहनत पनि गर्न थाल्यो । जति पनि पैसा कमाउथ्यो सबै त्यही खाली भाँडोमा हाल्थ्यो । तर भाँडोमा जति हाले पनि जतिको त्यति नै रहन्थ्यो । रात दिनको मेहनत, मजदुरी र दौड(धुपले गर्दा ऊ धेरै दुब्लो र बिरामी पर्दै गयो । उसलाई हेर्दा लाग्थ्यो कि उसको अन्तिम दिन आईसक्यो । आफनो कामदारको त्यस्तो दयनिय अवस्था देखेर मालिकले उसलाई बोलाए र सोधे । कतै तिमीले जंगलमा रहेको त्यो पाँच वटा धनको भाडो त ल्याएनौ ? उसले भन्या,े हो मालिक तपाईलाई कसरी थाहा भयो । जाऊ र तुरुन्तै गएर त्यो पाँच वटै भाँडोलाई जाहाँबाट ल्यायौ त्यही छोडेर आऊ नत्र तिमी जीन्दगीभरी यस्तै कष्ट मा रहने छौ । यो मायावी लालचको भाँडो हो । जुन कहिल्यै भरिन्दैन र जीवनको सबै सुःख शान्ति दिमाग जस्तै चाटछ । त्यसपछि नोकरले जंगलमा गएर त्यो भाँडोलाई जहाँको त्यही छोडेर आयो । त्यो भाँडो संगसंगै उस भित्र भएको लोभी र घमन्डी पना पनि गयो । उसले आफनो वर्षौवर्षको कमाई गुमाएता पनि आफुभित्र को लालच लाई त्यागेको हुनाले ऊ सुःख र खुशी रहन थाल्यो । त्यस दिन देखि उसको जीवन सुखमय बन्दै गयो ।
शिक्षा ः– लालच र तृष्णाको पेट कहिल्यै पनि भरिदैन । यिनीहरु निकै दुःखदायीपूर्ण हुन्छ र घरको सुख शान्ति पनि सबै लैजान्छ । त्यसैले आफुसंग जति छ त्यतिमा नै रमाउनु पर्छ ।
0 comments:
Post a Comment