-

  • नयाँ खबर

    11 November, 2016

    जवान देखिने ६ तरिका

    स्वस्थ खाना खाने हाम्रो शरीर र छालामा रहेका कोषिकाहरू पुरानो भएर मर्ने र नयाँ उत्पन्न हुने क्रम जारी रहिरहने गर्छ । नयाँ कोषिका बढी सिर्जना भयो भने छालाको चमक कायम रहन्छ । तसर्थ, छालामा चाउरी नपरोस् भन्नका लागि स्वस्थ र ताजा खाना खाने गर्नुपर्छ, जसले नयाँ कोषिका सिर्जना गर्न मद्दत गर्छ । प्रशस्त पानी पिउने छालालाई स्वस्थ र जवान राख्न प्रशस्त पानी पिउनुपर्छ । शरीरमा पानीको मात्रा कम भयो भने छाला रुखो, सुखा र अनाकर्षक बन्न पुग्छ । 
    छालाको सुन्दरतालाई कायम राख्न र उमेर ढल्किँदै गए पनि यसको चमक गुम्न नदिन प्रतिदिन तीनदेखि चार लिटर पानी पिउने गर्नुपर्छ । यसरी पानी पिउँनाले छालालाई खराब गर्ने टक्सिन पसिना तथा पिसाबबाट बाहिर जाने गर्छ । म्वाइस्चराइजिङ क्रिम लगाउने म्वाइस्चराइजिङ क्रिमले छालामा सुखापन आउन दिँदैन र यसको कान्तिलाई कायम राख्छ । जवान देखिने रहर हुनेले म्वाइस्चराइजिङ क्रिम जथाभावी लगाउनु हुँदैन । हातलाई तलबाट माथि गर्दै क्रिम दल्नाले छाला स्वस्थ देखिन्छ । हर्बल र ग्रिन टी रोज्ने हर्बल र ग्रिन टीमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । यसले छालाको बुढ्यौली घटाउने गर्छ । यदि, कफी पिउने गर्नुभएको छ भने र उमेर घकिँदै जान थालेको छ भने तुरुन्तै हर्बल र ग्रिन टीमा आदत बसाइहाल्नुस् । कफी बढी खाने मानिस चाँडै बुढोजस्तो देखिन थाल्छ, छाला चाउरिन थाल्छ । नियमित व्यायाम गर्ने नियमित व्यायाम गर्नाले मानिस जवान देखिन्छ । व्यायाम गर्दा शरीरमा रक्तसञ्चार र श्वासप्रश्वास तीव्र हुन्छ । यसले शरीरका हरेक कोषिकामा पोषक तत्व पु¥याउने गर्छ । तसर्थ, ध्यान, योग, जगिङ, गार्डे्निङ, घरपालुवा जनावरसँगको घुलमिल, खेलकुद आदिले मानिसलाई तनावको मात्रा घटाउँछ, जसको सीधा असर पर्छ, छालाको सुन्दरतामा । – सौजन्य
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: जवान देखिने ६ तरिका Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top