-

  • नयाँ खबर

    13 November, 2016

    १० वर्षभित्र वीरगंज अन्तराष्ट्रिय हब

    मध्य नेपाल सन्देश 
    संसदीय विकास समितिका संयोजक तथा सांसद रविन्द्र अधिकारीले वीरगंजको विकासका लागि चिन, भारत र नेपाल बिचको त्रिदेशीय व्यपारिक कोरिडोरको अन्तराष्ट्रिय हब हुने बताएका छन् । ‘समृद्ध वीरगन्ज – अवसर र चुनौति’ विषयक गोष्ठी कार्यक्रममा सहभागि हुन वीरगंज आएका अधिकारीले शनिवार विहान प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वीरगंजको विकासको लागि सरकारले प्राथमिकताका साथ अगाडी बढाईरहेको बताउनु भएको छ । 
    सयोजक अधिकारीले वीरगंजबाट संकलन हुने ६५ प्रतिशत भन्दा बढि राजश्वको १ प्रतिशत वीरगंजको विकासका लागि छुट्याउने पहल समेत भईरहेको बताए । उनले भने पर्सा जिल्लाबाट वीरगंज मात्र होइन देशकै लागि यदी वीरगंज हटाईदिने हो भने नेपालको विकास सम्भव छैनन् । त्यसैले यहाँको विकासका लागि सरकार लागि परेको हो । उनले निजगढ काठमाडौँ फास्ट ट्रयाक अबको एक हप्ता भित्र नेपाल सरकार आफैले सञ्चालन गर्ने गृहकार्यमा काम अगाडी बढीसकेकाले तराईको विकास अब द्रुत गतिमा हुने बताए । 
    यसगरी संयोजक अधिकारीले वीरगन्जको विकास सबैको चासो रहेको भन्दै बारा जिल्लाको निजगढ स्थित निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमान स्थल पूर्ण रुपमा निर्माण भएपछि नजिकको सहर वीरगन्ज इन्टरनेशनल हबका लागि अझै सजिलो हुने दाबी गरेका थिए । उनले वीरगंजको विकासको लागि सरकार होइन यहीका ज्वाई झै पालेर बसेका पप्पु कन्ट्रकसन हो । उनले भने करिब १४÷१५ अर्बको ठेक्का अधुरो अवस्थामा रहेको छ । पप्पु कन्स्ट्रक्सनले लिएका काम कार्वाही यदी समयमै गरेन भने भोलिका दिनमा देशभरीका लागि कालोसूचिमा राख्न सक्ने पनि अवस्था आउने सक्ने उनले चेतावनी दिएका थिए ।  
    पत्रकार सम्मेलनमै बोल्दै अधिकारीले चुनावको तय गर्ने शर्तमा संविधान संशोधन तथा कार्यान्वयनप्रति हाम्रो पार्टी हदैसम्म लचकता अपनाउन तयार रहेको बताएका थिए । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं. २ का इन्चार्ज लालबाबु शेष, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य वृजलाल पासवान, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा मध्यमाञ्चल संयोजक महेश दास, नेकपा एमालेका नेता बालगोपाल थापा, केन्द्रिय प्रचार विभागका अरविन्द सिंह लगायतको उपस्थिति रहेको थियो कार्यक्रमको सहजिकरण सञ्चारकर्मी तुलसी भण्डारीले गरेका थिए । कार्यक्रम प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: १० वर्षभित्र वीरगंज अन्तराष्ट्रिय हब Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top