-

  • नयाँ खबर

    27 November, 2016

    च्याातिएको प्लास्टिक सभ्य शहरका लागि अर्को समस्या

    – कमला गिरी
    मध्य नेपाल सन्देश, 
    वीरगंज नेपालको प्रमुख शहर भन्ने आफै परिचित छ । यति मात्र होईन यसले धेरैमा प्रख्याति समेत कमाएको छ । तर वीरगंज कुनै न कुनै हिसाबले अझै केही कमी बोकेर भने बसेको छ भन्दा अलिबढी भनिए जस्तो लागे पनि सत्यता यसै भित्र छ । प्लाष्टिक प्रयोग कुनै पनि मानिसका लागि हितकर भने छैन । यो प्रायः धेरै थाहा पनि छ । तथापि आम नगरवासीले यसको प्रयोग निर्वाध रुपमा गर्न भने अझै कम गरेको छैन । वीरगंजलाई प्लास्टिक मुक्त वा कम्तिमा प्लाष्टिकको झोला मुक्त शहर बनाउने  दिशामा भने अगाडी बढ्न ढिलो भइसक्यो । हालसम्मको अवस्था कछुवाको गतिमा मात्र छ । वीरगंज उपमहानगरको बजार क्षेत्रमा प्लाष्टिकजन्य फोहोर जलाउँदा धुँवा प्रदुषण बढन थालेको पाईन्छ । ठाउँ ठाउँमा थुपारिएको फोहरमा आगो लगाउदा वरपर बस्नै नसकिने अवस्था सृजना हुने गरभको छ । वीरगंज उपमहानगरपालिकाको फोहोर फाल्नका लागी स्थायी डम्पिङ्ग साइडको व्यावस्थापन हुन नसक्दा बजारका मुख्य मुख्य चोकहरुमा समेत सर्वसाधारणहरुले फोहोरसँगै प्लाष्टिकका झोलाहरु पनि थुपार्ने र सो फोहोरलाई जलाउने वा उचित व्यवस्थापन नहुँदा बाटो हिड्ने बटुवादेखि स्थानीय सर्वसाधारण समेत प्रदुषणमा बस्न बाध्य छन् । खासगरी प्लाष्टिकको धँुवाले गर्दा सास फेर्न गाह्रो हुने दुर्गन्ध आएर नाक थुन्दै बस्नु पर्ने जस्तो समस्या त सृजना गरेको छ । त्यसमा दैनिक जसो हरेक ठाउँमा फोहोर जलाउदा त्यसले पनि स्वास्थलाई असर पार्ने चिकित्सकहरु बताउछन् । वीरगंज उपमहानगरपालिकालाई वातावरण मैत्री बनाउने लक्ष्यका साथ हाल विभिन्न कार्यहरु हुनु पर्ने हो तर हुन सकेको छेन । प्लाष्टिक भुक्तका लागी वीरगंजमा सरदार जसपाल सिहं मात्रै खट्ने गरेको देखिन्छ । उनको अभियानलाई सबैले साथ दिएको खण्डमा मात्रै यो अभियानले पूर्णता पाउने देखिन्छ । 
    हुन त फोहोर उत्पादन गर्ने पनि नगरवासी नै हौं र जलाउने पनि नगरवासी नै । प्लाष्टिकको धुँवाले असर गर्छ भन्ने थाहा हुँदाहुदै पनि जलाउने नगरवासीको बध्यता जस्तै बनेको छ । तर पनि आगो लगाउदा स्वास्थ्यमा असर गर्छ भन्ने कुरा जान्दाजान्दै कतिपयले आगो लगाइरहेका छन् भने कतिपयले नजानेर आगो लगाइ रहेका होलान् । फोहोर व्यवस्थापन र प्लाष्टिकजन्य बस्तु हुने असरका बारेमा उपमहानगरपालिका लगायत सरोकारवाला निकाएले ब्यापक रुपमा चेतना वृद्धिदेखि सजगता गराउने कार्यक्रम गर्न अब जरुरी देखिन्छ । 
    घरबाट निस्केको फोहोरलाई वर्गिकरण गरेर प्लाष्टिक जन्य फोहोरलाई कुहिने फोहोरमा नमिसाउने हो भने र उचित व्यवस्थापन गर्ने हो भने प्रदुषण न्यूनिकरण गर्न सकिन्छ । उपमहानगरपालिकाले फोहोर व्यवस्थापनदेखि वातावरणमैत्री नगर बनाउन के गर्नु पर्छ ? भनेर कार्यक्रमहरु ग्रिरहेका छ तर त्यो पर्याप्त छैन । उत्पादन हुने बजार क्षेत्रमा ब्यापक रुपमा फोहोर व्यवस्थापकको बारेमा कार्यक्रम गर्न अति आवश्यक देखिन्छ । होइन भने वातावरणमैत्री नगरपालिका बनाउने भन्ने लक्ष्य कुरामा मात्र सिमित नहोला भन्न सकिन्न । 
    पर्सामा रहेका सरकारी कार्यालयहरुमा प्लाष्टिकको प्रयोगमा प्रतिवन्ध लगाइएको कुरा त आउने गर्छ । तर यसले गति लिन सकेको छैन । यसको गतिका लागी कम्तीमा सरकारी प्रयासलाई अझै प्रभावकारी बनाउन अवश्क छ । अनि वीरगंज उपमहानगरपालिकाले यसको नेतृत्व नै गर्नु पर्दछ । प्लाष्टिक उत्पादन गर्ने कारखाना पनि उठन सक्छ । तर यो नगरवासी सचेत हुने हो भने यो आफै समाधान हुनेछ । यसैले प्लाष्टिकको प्रयोग आजै बाट छाडांै अनि स्वास्थ्य र सुन्दर नगर बनाउन जुटौं ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: च्याातिएको प्लास्टिक सभ्य शहरका लागि अर्को समस्या Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top