-

  • नयाँ खबर

    12 November, 2016

    नेपाल सोलिडारिटी कपको फाइनलमा, पेनाल्टी सुटआउटमा नेपालले लाओसलाई ३–० ले हरायो


    गोलकिपर किरण चेम्जोङको नायकत्व प्रदर्शनका कारण टाइब्रेकरमा लाओसलाई ३–० ले पराजित गर्दै नेपाल एएफसी सोलिडारिटी कपको फाइनलमा प्रवेश गरेको छ ।  नेपाली राष्ट्रिय फुटबल टिम एसियाली फुटबल महासंघ एएफसीको प्रतियोगितामा फाइनलमा पुगेको यो पहिलोपटक हो ।  मलेसियाको कोचिङमा शनिवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको खेल २–२ गोलको बराबरीमा टुँगिएपछि टाइब्रेकरको सहयोग लिइएको थियो ।
    जसमा नेपाली गोलकिपर किरणले लाओसका २ खेलाडीको पेनाल्टी रोक्दै नेपाललाई नाटकीय जीत दिलाए। नेपालका लागि हेमन्त गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले आफूले हानेको पेनाल्टीलाई गोलमा परिणत गरे ।
    लाओसका दुई खेलाडीको पेनाल्टी किरणले रोकेपछि तेस्रो पेनाल्टी प्रहार गर्न आएका खेलाडीले गोल पोस्टभन्दा बाहिर पेनाल्टी प्रहार गरेका थिए ।
    लाओसको तेस्रो पेनाल्टीले सही दिशा लिन सकेन र नेपाल टाइब्रेकरमा ३–० ले विजयी भएको छ । यसअघि निर्धारित समयको खेलमा भने लाओसले अग्रता लिएको थियो । १७ औं मिनेटमा गोल गरेको उसले पहिलो हाफसम्म त्यसलाई जोगाएर राख्यो । तर, दोस्रो हाफको सुरुमा नै नेपालमा नेपालले बराबरी गोल फर्कायो । नेपालका लागि विमल घर्ती मगरले गोल गरेका हुन् ।
    दुबै टोलीले केही मौका पाएपनि थप गोल गर्न सकेन र, निर्धा्रित समयको खेल १–१ को बराबरीमा सकियो । अतिरिक्त समयको खेलको १०४ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई २–१ अग्रता दिलाए । तर, अन्त्यतिर नेपालले गोल खानपुग्यो । र,खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । नेपाल समूह ‘ए’को विजेता तथा लाओस समूह ‘बी’को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । नेपालले आउँदो मंगलबार ब्रुनाई र मकाओ बीचको बिजेतासँग उपाधिका लागि खेल्ने छ । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल सोलिडारिटी कपको फाइनलमा, पेनाल्टी सुटआउटमा नेपालले लाओसलाई ३–० ले हरायो Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top