– सन्ध्या पौडेल
दुई व्यापारी धेरै धन कमाएर आफ्नो गाँउ फर्कदै थिए । जाँदाजाँदै बाटोमा नै रात पर्यो । नजिकैको गाँउमा उनीहरुले चिनेका साहुको घर थियो । उनीहरुले त्यही रात बिताउने निर्णय गरे । साहुले व्यापारीहरुको बढो स्वागत संत्कार गर्दै सुत्नको लागि घरबाहिर एउटा राम्रो र सुन्दर पलंग राखिदिए । व्यापारीहरुसंग त्यति धेरै पैसा देखेर साहुको मनमा लालच उत्पन्न भयो । उनी आफ्नो घर पछाडि गएर आफ्नो दुई जना कामदारलाई बोलाई भने ः मेरो घर बाहिर भएको पलंगमा दुई व्यापारीहरु सुतिरहेका छन् । उनीहरुलाई रातमा मारिदेऊ । म तिमीहरुलाई धेरै पैसा दिन्छु । साहुको कुरा सुुुुनेर कामदारहरुले भने ः ठीक छ मालीक, यीनिहरु दुई जना छन् ईनाम पनि डबल लिन्छौ । साहु मन्जुर भयो ।
साहुको दुई छोराहरु थिए जो केही कामको शीलशिलामा तीन दिनको लागि शहर गएका थिए । केही कारण बस उनीहरु त्यही रातमानै घर फर्किए । रात धेरै भएको कारणले उनीहरुले घरमा कसैलाई उठाउनु उचित सम्झेनन् । बाहिर राखिएको पलंगमा अरुनै अपरिचित व्यक्तिहरु सुतेको देखेर रसिाउँदै उनीहरुलाई उठाएर गोठमा सुत्न पठाए । उनीहरु त्यही पलंगमा सुते राती अँध्यारोमा साहुका कामदारहरुले आफुलाई साहुले दिएको काम पूरा गरे । केही आवाज सम्म पनि आएन । भोलि पल्ट सबेरै दुई व्यापारीहरु साहुसँग बिदा लिन आए । तब पलंगमा दुई रगताम्मे लास देखेर आत्तिदै साहुलाई उठाए । साहु आफ्नो टाउको ठोक्दै आफैलाई धिक्कार्न थाले ।
आफ्नो छोराहरुको मृत्युको वियोग र पश्चतापले उसको लालचलाई समाप्त पारिदियो । अरुको सम्पतिमा धेरै लालच गर्दा कथाका साहुको जस्तो अवस्था आइपर्न सक्छ । यो कुरालाई मनन् गरी हाम्रो समाजमा पनि अरुको अहित हुने कुरा त्यागेर राम्रो काम गर्न सके अवशय पनि सबैको भलो हुनेछ ।
0 comments:
Post a Comment