-

  • नयाँ खबर

    11 November, 2016

    खुल्ला दिशा गर्नेलाई कार्वाही


    मध्य नेपाल सन्देश
    देशभरी खुल्ला दिसामुक्तको अभियान चलिराख्दा विभिन्न जिल्लामा खुल्ला रुपमा शौच गर्नेलाई कार्वाही प्रकृया अगाडि बढाइएको छ । 
    पर्साको गाविस बैरियावीर्ता नौ.त.ज मा पनि २ जनालाई खुल्ला दिसा गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । गाविस सचिव एवं भि वास सिसि बैरियावीर्ताका अध्यक्ष मनोज कुमार साहको नेतृत्वमा विहान देखि खटेका सशस्त्र प्रहरी बहुअर्वाभाटा र ईलाका प्रहरी कार्यालय पोखरियाको टोलिले आइन्दा बाहिर खुल्ला रुपमा दिशा नगर्ने शर्तमा १÷१ हजार रुपैया जरिवाना गरी छोडिदिएको छ । विकास नेपालका नरेश गुप्ता, समशुल हवारी, भि वास सिसि बैरियाविर्ताका महिला सदस्यहरुको सहभागितामा खुल्ला दिशामुक्त गाविस बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । ८ सय ८३ घरधुरी रहेको उक्त गाविसमा हाल ७ सय ३१ जनाले चर्पि बनाइसकेका छन् । छठपछी पर्साको १४ औँ गाविसको रुपमा खुल्ला दिशामुक्त घोषणा गर्ने उद्देश्यले चर्पि बनाउने काम तिब्र रुपमा भइरहेको गाविस सचिव साहले बताए । तस्बिर - सौजन्य

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: खुल्ला दिशा गर्नेलाई कार्वाही Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top