-

  • नयाँ खबर

    13 November, 2016

    वीउमनपाको राजश्व संकलन लक्ष्य भन्दा दोब्बर बढी


    मध्य नेपाल सन्देश ।
    लामों सार्वजनिक विदा परेको महिनामा लक्ष्य अनुसारको राजश्व संकलन नहोला कि भनी दोधारमा रहेको वीरगन्ज उप–महानगरपालिकाको राजश्व संकलन अपेक्षा गरेभन्दा दोब्बरले बढि संकलन भएको छ । दशैं जस्तो लामो विदा परेको चालु आर्थिक बर्षको असोज महिनामा राजश्व संकलनमा लक्ष्य पूरा नहोला भनी शसंकित उप–महानगरपालिकाको राजश्व संकलन अपेक्षा गरे भन्दा दोब्बरले बढि संकलन भएको हो । 
    असोज महिनाको लागि उप–महानगरपालिकाले करीब १ करोडको लक्ष्य लिएको थियो । तर राजश्व संकलन भने १ करोड ९८ लाख ९४ हजार ६ सय ४८ रुपैया संकलन भएको वीरगन्ज उप–महानगरपालिकाले जनाएको छ । राजनीतिक दलहरुको आडमा उप–महानगरपालिका भित्र रहेका सार्वजनिक संरचनाहरुमा बलजफ्ती उपभोग गर्ने परिपाटीलाई परिवर्तन गर्र्दै विभागको निर्देशनलाई समेत पालना गरी स्थानीय सार्वजनिक संरचना बोल कबोलबाट सेवाग्राहीहरुलाई प्रयोग गर्न दिंदा राजश्व संकलनमा पनि केही बल मिलेका उप–महानगरपालिकाले भनाइ छ । यसको अलावा उप–महानगरपालिकामा सेवा लिन आउने सेवाग्राहीलाई राजश्व शाखाका कर्मचारीले विदा वाहेका दिनमा पर्याप्य समय उपलब्ध गराउँदा पनि यो लक्ष्य पूरा गर्न सकिएको उप–महानगरपालिकाका राजश्व शाखाका प्रमुख मनोज कर्णले बताउनु भयो । 
    एडिबीको परियोजनामा नगरको विभिन्न विकास निर्माणका काम भइरहेको अवस्थामा स्थानीयस्तरको राजश्व संकलन प्रमुख हुने कुरालाई मध्यनजर गरी पहिले दिउसो ३ बजे पछि राजश्व संकलन नगर्ने पुरानो शैलीलाई परिवर्तन गरी कार्यालय समय भित्र जति बजे सेवाग्राही आए पनि सेवा दिने रणनीति बनाउँदा पनि लक्ष्यको तुलनामा आधाले ने बढि राजश्व संकलन गर्न सकिएको उप–महामनगरपालिकाले जनाएको हो । स्थानीयस्तरको विकासमा यहाँका नागरिकले बुझाउने करको महत्व बढी हुन्छ भन्ने कुरा निरन्तर नगरवासीलाई जानकारी गराइरहँदा पनि कार्यालयलाई थप सफलता मिलेको शाखा प्रमुख कर्णको तर्क छ । यो अभियानमा भने कार्यालय प्रमुख बिष्णु कोइरालाको योगदान चर्चा गर्नपर्ने हुन्छ नगरपालिकाका कर्मचारीहरुले भने । बढि राजश्व बाँकी भएका सेवाग्राहीहरुकोमा उहाँ आफैले पहल गरिरहँदा चालु आर्थिक बर्षको हरेक महिनामा लक्ष्य भन्दा बढि राजश्व संकलन भइरहेको पनि उनीहरुको भनाइ छ । असोज महिनामा त उप–महानगरपालिकाले यो भन्दा पहिलेका आर्थिक बर्षहरुमा संकलन गरेको भन्दा झण्डै तीन डब्बल बढि राजश्व संकलन गरेको पनि वीरगन्ज उप–महानगरपालिकाको तथ्याँकमा उल्लेख गरिएको छ । गएको आर्थिक बर्ष मधेश आन्दोलनका कारण असोज महिनामा कुल २४ हजार ६ सय ११ रुपैया मात्र राजश्व संकलन भएको उप–महानगरपालिकामा त्यो भन्दा अगाडीका आर्थिकबर्षहरु मध्ये सबै भन्दा बढि २०७०/०७१ मा ६९ लाख ९७ हजार उठेको थियो । तर यो आर्थिक बर्षमा त त्यसको झण्डै तिन गुना बढि नै राजश्व संकलन भयो शाखा प्रमुख कर्णले भने । 
    चालु आर्थिक बर्षको असोज महिनामा संकलित राजश्व मध्ये सबैभन्दा बढि मिनाबजार कप्लेक्स टेण्डर मार्फद प्रयोगकर्तालाई उपलब्ध गराउँदा एकैमुष्ठ ६५ लाख ३८ हजार ८ सय ८८ रुपैया राजश्व संकलन भएको उप–महानगरपालिकाले जनाएको छ । त्यसैगरी सम्पति कर तर्फ ४७ लाख ६५ हजार ३ सय ९५ रुपैया, नक्सापास तर्फ २४ लाख ६ हजार ४ सय ३ रुपैया, र व्यवसाय कर तर्फबाट ९ लाख २ हजार ५ सय राजश्व संकलन भएको छ । यो बाहेक अन्य विविध शिर्षकमा गरी उक्त परिणामको राजश्व संकलन भएको उप–महानगरपालिको भनाइ छ । नगरवासीको करबाट यसरी राजश्व संकलन भइरहे नगरमा आएका एडीबी लगायतका विकासका योजना फिर्ता जाने संभावना नहुने उप–महानगरपालिकाको दावी छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीउमनपाको राजश्व संकलन लक्ष्य भन्दा दोब्बर बढी Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top