-

  • नयाँ खबर

    27 November, 2016

    श्रम क्षेत्रमा श्रमिक महिलाको स्थान कहाँ ?


    – गीता भण्डारी 
    मध्य नेपाल सन्देश, 
    सामान्यतः श्रम भन्ने बित्तिकै हामी मानवले गरीने एक प्रकारको काम वा मेहेनत भनेर बुझ्दछांै । श्रम बिना देशको विकाश असम्भव मात्र हैन, सोचभन्दा बाहिरको कुरा हो । किन की बिना श्रम त हामी बाच्नै सक्दैनौं भन्दा पनि अन्यथा नहोला । किनकी थालीमा पस्किएको खाना खान पनि श्रमको आवश्यकता पर्दछ । बोलीचालीको भाषामा श्रमीक भन्ने बित्तिकै मानशिक र शारिरीक रुपमा काम गर्ने व्याक्ति भनेर हामी बुझ्ने गर्दछौं । सानोभन्दा सानो कामदेखि ठूल्ठूला काम गर्न कुनै न कुनै माध्यमद्धारा श्रमको प्रयोग भइरहेकै हुन्छ । चाहे जुनसुकै रुपले यसलाई हेरेता पनि श्रमीक विना पुरै देशको विकास असम्भब छ । यो कुरामादुई मत नहोला । 
    हरेक क्षेत्रमा श्रमगर्ने व्याक्तिको आवश्यकतालाई हामीले महशुस गरिरहेका हुन्छौ । यस्तै श्रम पोख्ने श्रमीकको कुरा गर्ने हो भने आधा आकाश ओगट्ने महिला वर्गहरुको श्रेत्र कार्यस्थलको स्तरको तुलनामा नियाल्न पनि सकिन्छ । काम जस्तो लागेता पनि गम्भिर भएर नियाल्ने हो भने, पुरुषको तुलनामा महिलाको संख्या ज्यादा छ । घरको खाना बनाउने कामदेखि लिएर पुरै राष्टूलाई सँम्हाल्ने सम्मको जिम्वेवारीलाई काँधमा बोकेर अघि बडेका साहसी महिलाको कामको प्रसंसा सवत्र भईरहेको पनि छ । यो कदर योग्य पक्ष पनि हो । यति हुँदाहुदै पनि आज बिभिन्न ठाउँमा महिला श्रमीकहरुले भोग्नु परेका पिडालाई कम चानचुने छैनन् । सानो अंशले मात्र आफ्ना हक र अधिकारको उपयोग गरेको र बाँकीले यो अधिकारबाट टाडै हुनपरेको तीतो यथार्थता हाम्रो माँझमा जिवित छ । हुन त समय परिवर्तनशिल छ । यो सत्य कुरा पनि हो । तर यस परिवर्तनशील समयसँगै भएका परिवर्तको गति भने कछुवाको चाल जस्तो मात्र भएको आम महिलाले बुभिरहेका छन् । 
    अनेकौ समस्या र झन्झटलाई चिर्दे घरदेखि बाहिर कार्य गर्ने श्रमीक महिला, अनि काम गर्नै स्थानमा भोगेका शास्तीसगै उनीहरुले पाउँने बेतन (तलब) लाई हेर्दा वास्तवमै हेपाह प्रविति कायम भएको कुरा स्पष्ट छ । घरमा काम गर्ने महिला ,कलकारखानामा काम गर्ने महिला, स्कूल क्याम्पस, उद्योगधन्दा या अन्य कुनै सरकारी वा गैरसरकारी पेशामा लागेका महिला श्रमीकहरुले, कार्य गर्दा पुरुष सरह समानता नभएको गुनासोहरु प्रसस्तै पोख्ने गरेका छन् । र असमानताको चपेटा भित्र पर्न बाध्य भइरहेको अवश्था  पनि छ । यति मात्र हैन महिला र पुरुषको कामको प्रकृति एउटै, पद, र समय एउटै, योग्यता एउटै, भएता पनि उनीहरुले पाउँनु पर्ने पारिश्रमीकमा भेदभाव भएको हेर्दा श्रम क्षेत्रमा महिलाको स्थान र अवश्था कहाँ हो ? भनेर सोच्नै पर्ने बेला आएको छ । हर क्षेत्रमा महिला श्रमीकहरुले पु¥याएको योगदान र उपलब्धको कदर हुनुपर्छ । राज्यले पनि श्रमीकहरुको समस्या र आवश्यकतालाई अन्देखा नगरी उचित व्यवश्था  मर्यादित काम र कामको मूल्याँकनलाई हेरेर सही मार्ग दिन सके शिक्षा र चेतनासँगै अवसर र जिम्वेवारी बाड्न सके एकै क्षेत्रमा कामगरीरहेका महिला अनि पुरुषको भेदभावलाई अन्त्य गरी हौसला र प्रगती तर्फ कदम बडाउने प्रेरणा मिल्ने थियो । 
    राज्यका हरेक क्षेत्रमा महिला श्रमीकको पहँुच र अधिकार ३३% प्रतिशतका लागी गरेका सर्घष सार्थक हुने थिए । बोलिचालीको भाषा र कागजको पानामा मात्र सिमित हक, अधिकारलाई कार्यान्वयन गरी वास्तवमा महिला र महिलाश्रम शत्तिको खाँचो यस देशलाई आवाश्यक छ भन्ने कुराको अनुभूतिलाई मनन् गर्न सके, महिलाले काम गर्ने हुदैन, अनि छोरी बुहारीको कमाई खानै हुदैन भन्ने रुढिवादी सोचलाई त्यागेर आफ्नो खुट्टामा आफै उभिएर केहि गर्नुपर्छ भन्ने जोस र जागर बटुलेका महिला श्रमीकहरुको उत्साहमा थप प्रेरणा र बल मिल्ने थियो । कार्यस्थलमा आफू महिला भएकै कारण पछि पारेको महशुस गरिरहेका, साथै उत्साहित कदमलाई थप एउटा ईटा थप्ने काम राज्य पक्षबाट हुनपर्छ । तसर्थ महिला र श्रमीक महिलाको लागी ल्याएका ऐन, कानून र नियमवालीलाई संविधान कार्यान्वयनसँगै अगाडी बढाउन सके श्रम क्षेत्रमा महिला श्रमीकको स्थान कहाँ ? भनी ठाउँ खोज्न पर्दैनथ्यो । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: श्रम क्षेत्रमा श्रमिक महिलाको स्थान कहाँ ? Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top