-

  • नयाँ खबर

    13 November, 2016

    साप्ताहिक राशिफल - कार्तिक २८ गते देखि मंसिर ४ गते सम्म



    ज्यो. पं. छविरमण सुवेदी बारा
    मध्य नेपाल सन्देश,
    मेष :– साता रमाइलोसँग वित्नेछ । पारिवारिक जमघटबीच मिठो खानाको अवसर मिल्नेछ । बोलि र व्यक्तित्व बढने अतिथि सत्कारमा धन खर्च हुने मित्र सहयोगले काम बन्ने देखिन्छ । ऊँ गं गणपतये नमः मन्त्रको जप गर्नु भए भाग्यले साथ दिनेछ । 

    वृष :– साताका आइतबार, सोमवारका दिन प्रतिकुल रहनेछन । यी दिनमा व्यर्थ भ्रमण अनावश्यक खर्च हुने देखिन्छ । मंगलवार, बुधवार र विहिवारका दिन मान सम्मान र पुरस्कार पाउने ग्रहयोग रहेको छ । शुक्रवार शनिवारका दिनमा सञ्चित धनको खति, मानहानि र आम्दानी खर्च बराबर हुनेछ । 

    मिथुन :– साता मध्यम मिश्रित फलदायी रहनेछ । आइतबार सोमबारका दिनमा प्रशस्त आम्दानी हुने वनभोजको अवसर मिल्ने, रमाइलो गर्दै समय वित्ने देखिन्छ । सोमबार मंगलबारका दिन दिनमा अनावश्यक खर्च, बेचैनी, काममा अलमल हुनेछ । शुक्रवार, शनिवारका दिन यश बढने धनलाभ अन्न लाभ हुने ग्रहयोग देखिन्छ । 

    कर्कट :– साताका बुधवार सम्मका दिनहरु अनुकुल रहनेछन । यी दिनहरुमा धर्मकर्ममा मन जानेछ । सरकारी उल्झन सुल्झनेछ । वैदेशिक काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ ढोकाहरु खुल्नेछन । विहिवार शुक्रवारका दिनमा बेचैनी मनमा खिन्नता र खर्च बढने देखिन्छ । शनिवार सोचे आँटेको काममा सफलतको योग रहनेछ । 

    सिह :– साता रमाइलोसँग वित्नेछ । तीर्थयात्रा हुने मनमा शान्ति, मुहारमा कान्ति र शरिरमा स्फूर्ति देखा पर्ने छ । प्रशस्त आम्दानी बोलि व्यक्तित्व बढने साता रहेको छ । 

    कन्या :– साताका आइतबार सोमबारका दिनमा कोही कसैसँग वाद विवाद हुने शरिरमा नयाँ रोग देखा पर्ने, काममा अलमल हुने देखिन्छ । मंगलबार देखि शनिवारसम्मका दिनहरु अनुकुल रहनेछन । यी दिनमा सरकारी कामकाजमा सफलता मिल्नेछ । आम्दानी प्रशस्त हुने मनोरञ्जन गर्दै समय वित्ने ग्रहयोग परेको छ । 

    तुला :– साता मिश्रीत फलदायी रहनेछ । आइतबार सोमबारका दिनमा व्यापार व्यवसायमा लाभ प्रगति हुने प्रेममा सफलता नारी सहयोगले काम बन्ने योग छ । मंगलबार बुधवारका दिनमा शारिरिक कष्ट, मानसिक बेचैनी र काममा अवरोध आउन सक्छ । सतर्कता आवश्यक छ । विहिवार शुक्रवार र शनिवारका दिनमा शेयर कारोबारमा सफलता, चिठा आदि पर्ने योग र आम्दानी हुने देखिन्छ । 

    वृश्चिक :– साताको शुरु र मध्य भागमा कडापरिश्रमबाट काममा सफलता मिल्ने, शत्रुमाथि विजय प्राप्त हुने, उद्योग धन्धा र व्यापार व्यवसायमा प्रगति सफलता र लाभ मिल्ने ग्रहयोग रहेको छ । विहिवार शुक्रवार र शनिवारका दिनमा शरिरमा आलस्यता मनमा भय, आर्थिक समस्या देखा पर्नेछ । यी दिनमा लेनदेन गर्दा सतर्कता आवश्यक छ । 

    धनु :– साता रमाइलोसँग वित्नेछ । विदेशी आफन्तको सुसमाचार आउने, ज्ञान विज्ञानको चर्चा परिचर्चामा समय वित्नेछ । वादविवादमा विजय, व्यापार व्यवसायमा लाभ, प्रगति र यात्रामा सफलताको योग रहेको छ । बुद्धि पु¥याएर काम गर्नु भए साता फलदायी रहनेछ । 

    मकर: – साताको शुरुमा पारिवारिक समस्या, मनमा भय र वाहनमा खर्च हुने देखिन्छ । मध्य र अन्त्य तिर शिक्षामा सफलता, सन्तान सुख, विदेशी आफन्तको सुसमाचार आउने, वादविवादमा जित हुने र व्यापारमा सफलताको ग्रहयोग रहेको छ । 

    कुम्भ :– साताको शुरुमा राज्य तर्फबाट सहयोग, समर्थन मिल्ने, मित्र सहयोगले महत्वपूर्ण काममा सफल्ता हात लाग्ने योग देखिन्छ । मंगलवार बुधवारका दिनमा शरिरमा अल्छीपन मनमा भय र घरेलु समस्याले मन खिन्न हुनेछ । विहिवार, शुक्रवार र शनिवार शिक्षामा धनखर्च पढाईमा रुचि बढने र काममा भने अवरोध आउन सक्छ । 

    मीन : बुधवार सम्मका दिनहरु अनुकुल रहनेछन । यी दिनमा घरमा अतिथि पाहुनाको आगमन अतिथि स्वागतमा धनखर्च, नया पुराना साथीहरुसँग भेटघाट प्रशस्त आम्दानी हुनेछ । साताको अन्त्य तिर घर वाहन र भूमि सम्बन्धि काममा विवाद काममा अवरोध चोर भय हुने हुँदा सुरक्षा तर्फ सचेत लेनदेनमा सतर्कता आवश्यक छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: साप्ताहिक राशिफल - कार्तिक २८ गते देखि मंसिर ४ गते सम्म Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top