-

  • नयाँ खबर

    27 November, 2016

    समय सिमा भित्र संशोधन प्रस्ताव नल्याए सरकार बिरुद्ध कडा आन्दोलन –महतो


    मंसिर १२ भैरहवा,
    मधेसी, दलित, मुस्लिम, आदिवासी जनजाति लगायत सम्पुर्ण सिमान्तिकृत समुदायको माग सम्बोधन नभए सम्म आन्दोलन जारी नै रहने सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले बताएका छन् ।
    प्रेस मंच नेपाल रुपन्देही शाखाले आईतबार भैरहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले  सो कुरा बताए । महतोले मधेस आन्दोलनका मागहरु सम्बोधन गर्न नसक्ने संसोध बिधेयेक आए आफूहरुलाई मान्य नहुने जिकिर गर्दै मधेसको भुभाग पहाडमा मिसाउन नहुनेमा जोड दिए।हरेक किसिमको भेदभाव मुक्त समाजको निर्माण नै हाम्रो मुख्य एजेन्डा रहेको दाबी गर्दै एतिहासिक मधेस आन्दोलनको उपलब्धिहरु संस्थागत गर्न मधेसीहरु चनाखो हुनु पर्ने आग्रह गर्नु भयो ।  महतोले संविधान संसोधन नभएसम्म सरकारले मधेसमा कुनै पनि निर्वाचन गर्न नसक्ने चेतावनी दिए । उनले नेपालमा बस्ने सबै नेपाली भएको बताउँदै राज्यले नै मधेसी पहाडी सामुदायमा भेदभाव उत्पन्न गराएको आरोप लगाए ।
    मधेसी मोर्चाको एक घटकका नेता समेत रहेका महतोले संविधान संसोधनको प्रक्रिया अगाडी नबढे वा संसोधन प्रस्तावको विरोध भएमा कुनै पनि बेला आन्दोलनको घोषणा हुन सक्ने भएकोले आन्दोलनका लागि तयारी अवस्थामा रहन आफ्ना नेता कार्यकर्तालाई आग्रह समेत गरे । संविधान संसोधनको प्रस्ताव अघि नबढे वा प्रस्तावको विरोध भएमा तत्काल यसको लागि आन्दोलन गर्नुपर्ने हुन्छ उनले भने, ‘तपाईहरु तयारी अवस्थामा रहनुस जुनसुकै बेला आन्दोलनको घोषणा हुन सक्छ ।’
    एमालेले संशोधन प्रस्तावको बिरोध गर्दै आएको बताउदै उनले नेपाली जनताको हितमा हुने संशोधन प्रस्ताव दर्ताको बिरोध गरे अगामी आन्दोलन एमालेकै बिरोधमा छेडिने चेतावनी दिए । पत्रकार सम्मेलनमा सद्भावना पार्टीका उपाध्यक्ष ओम प्रकास पादव (गुल्जारी)  ,केन्द्रिय सदस्य मोहन चौधरी ,प्रेस मंच नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेल लगायतको उपस्थिती रहेको थियो ।  

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: समय सिमा भित्र संशोधन प्रस्ताव नल्याए सरकार बिरुद्ध कडा आन्दोलन –महतो Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top