-

  • नयाँ खबर

    27 November, 2016

    ग्रामीण महिलाको साहस सम्मान जनक

    – माधुरी महतो 
    मध्य नेपाल सन्देश 
    घरबाट निस्किन अप्ठ्यारो मान्ने पर्साको ग्रामीण भेगका महिलाहरु अचेल आफ्नो गाँउ टोलको सरसफाई , विकास निमार्ण र गाँउको बाताराण सुधार्नमा आफैँ जुटेका छन् । सडक छेउका झाडी सफा गर्ने , बाटो मर्मत सम्भार गर्ने र खुल्ला ठाउँमा दिसा गर्न नदिने, गाँउमा जुवातास , जाँडरक्सी नियन्त्रण गर्ने अभियानमा उनीहरु सक्रियताका साथ लाग परेका छन् । घरधन्दा र ब्यापार ब्यवसायको काम संगसंगै महिलाहरु बिहान देखी बेलुकीसम्म आफनो गाँउ सपार्न जोडतोडका साथ लागि परेका छन् ।  गाँउको सरसरफाई, विकास र जनचेतना मुलक कार्यक्रम गर्नु महिलाहरुको दिनचर्या जस्तै बनेको पर्साको पचरुखी गाविसकी राधिका मण्डलले बताईन् । बाटो छेउमा दिसा, पिसाब लगायत फोहोरको दुर्गन्धले हिँड्न सक्ने अवस्था नभएपछि बाटो भएर आउजाउ गर्ने र अन्य गाँउका मानिसले नराम्रो भन्ने  र गाँउमा रोग फैलिने, गाँउमा खेल्ने जुवातास  , जाँडरक्सीले गाँउको बातावरण नै विगारेको ,गाउँकै बेइज्जती हुने महशुस भएपछि गाँउका सम्पुर्ण महिलाहरु यस अभियानमा जुटेको स्थानीय मरियम खातुनले बताइन् ।
    कसैले बाटो छेउमा दिसा नगरुन् भनेर बिहान ३ बजेदखि बेलुकी १० बजेसम्म पालैपालो निगरानी गर्ने गरेको गाँउका महिलाहरुले बताए । खुल्ला ठाउँमा कसैले दिसा गरेको भेटिए सम्बन्धित व्यक्तिलाई नै दिसा फाल्न लगाउने, कान समातेर उठबस गराउने र ५ हजार रुपैयाँसम्म जरिवाना तिराउने गरेको र उक्त रकम गाँउकै विकासमा वा विपन्न परिवारका लागि चर्पी बनाउनमा प्रयोग गर्ने योजना रहेको महिलाहरुले बताए । यति मात्रै होईन जाँडरक्सी र जुवातास नियन्त्रणका लागि पनि विशेष अभियानका साथ अघि बढेको र यसमा प्रहरीले पनि साथ दिएको स्थानीय प्रभा देवीले बताइन् । घरबाट निस्किन पनि नमान्ने ग्रामीण भेगका महिलाहरु अहिले गाँउको हित र विकासको लागि खुलेर लागेको गाँउका अगुवाहरु बताउँछन् ।
    महिलाहरु अगाडी बढेपछि थोरै समयमा ग्रामीण भेगमा धेरै सकारात्मक परिवर्तन देखिएको सुनौलो हजार कार्यक्रम पर्साका कार्यक्रम संयोजक शम्भु साहले बताए । आफनो टोलको सरसफाई र विकासमा मात्रै नभई अन्य टोलका महिलालाई पनि अन्य गाउँ टोलको सरसफाई र गाँउको  विकास निमार्णमा साथ दिन थालेको महिलाहरुले बताएका छन् । ग्रामीण भेगका महिलाहरु दिनरात खटेर आफनो टोलको सरसफाई र विकासमा जुटेको देखेपछि आफ्नो गाँउटोल , वडाको पनि सरसफाई र विकासमा लागेको पर्साको पचरुखी गाविसकी चम्पा देवीको भनाई छ । 
    गाँउको सरसफाईले कतिपय रोग नियन्त्रणमा पनि सघाउ पुगेको महिलाहरुले बताएका छन् । सरसफाईसँगै वृक्षारोपण गर्ने , गाँउलाई जुवा तास, जाँडरक्सीमुक्त बनाउने र गाँउकालाई सहयोग गर्ने लक्ष्यका साथ यसरी नै निरन्तर अघि बढिरहने स्थानीय दिप्ती देवीले बताईन् । पहिला पहिला दुई चारजना पुरुषका अगाडि उभिएर बोल्नलाई तराईका कतिपय ग्रामीण क्षेत्रका महिलाले ठूलो चूनौतीको सामना गर्नुपर्ने देखिन्थ्यो तर अचेल गाउँका महिलामा आत्मविश्वास बढेको स्थानीय बुद्धिजीवीहरु बताउँछन् । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ग्रामीण महिलाको साहस सम्मान जनक Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top