-

  • नयाँ खबर

    30 November, 2016

    भारु नोटको प्रतिबन्धले सीमा क्षेत्रका नेपाली पनि प्रभावित


    मध्य नेपाल सन्देश 
    भारत सरकारले हजार र ५ सयका नोट प्रतिबन्ध लगाएसंगै सिमासंगै जोडेको शहरहरुमा पनि यसको प्रभाव देखिन थालेको छ । जाली नोटको कारोबारलाई निरुत्साहित गर्न मंगलबार राती १ हजार र ५ सयका नोट पूर्ण रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । यो निर्णय अनुसार भोलीपल्ट विहानबाट सिमासंगै जोडिएको नेपालका शहरहरुमा पनि यसको केही प्रभाव देखिएको थियो । 
    क्षणिक भए पनि सिमावारी पारी सामान खरिद गर्ने, बेच्ने व्यापारीहरुले १ हजार र ५ सयका नोट प्रतिबन्धसंगै आफूहरुले पनि केही हैरानी व्यहोर्नु परिरहेको उनीहरुले बताए । छिमेकी भए पछि उताको राम्रो र नराम्रो यताकाले र यताको केही राम्रो नराम्रो पक्ष उताकाले विहोर्नु पर्ने परिस्थिति अनुसार नै यो पटक छिमेकीको कार्य सम्पादनको असर यताका मानिसले पनि व्यहोर्नु परेको उनीहरुको तर्क छ ।  १० नोभेम्बर देखि डिसेम्बर ३० तारीख सम्म भारतीय बैंकमा गएर नोट साटिसक्नुपर्ने कुराले खासै आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको भारतीय व्यापारीहरुले बताएका छन् । रक्सौलसंगै जोडिएको देशकै प्रमुख सहर वीरगंजमा भने यसको प्रभाव बुधबार बिहानैदेखि बढ्दै गएको होटल व्यवसायी मोहन प्रधानले बताए । उनले भने भारत सरकारले आफ्नो देशको लागि ल्याएको प्रावधान राम्रो हो । तर त्यसका लागि पहिल्यै बजारमा अर्को विकल्प ल्याएको भए अनिश्चय हुँदैनथ्यो उनले भने । 
    भारतसँग जोडिएको साढे १८ सय किलोमिटरको दुरीमा पर्ने स(साना गाँउ शहरसंगै भारतसंगैै जोडिएको ठूला शहर वीरगंज, विराटननगर, भैरहवा र नेपालगंज लगायत शहरका व्यापारीहरु केही मर्कामा परेका छन् । तर सबै भन्दा बढि नेपालमा होस् चाहे भारतमा अवैध कारोबार गर्नेहरुलाई भने असर पुगेको जानकारहरुले बताएका छन् । उता छिमेकी मुलुकमा लागु भएको नयाँ नीतिले अनुसार नेपालको राष्ट्र बैंकले पनि भारतीय रुपैया साट्ने व्यवस्था गरिदिए हामीलाई केही राहत हुने थियो स्थानीयहरुले भने । यसो नहुँदा अहिले भारतीय सरकारको निर्णयसंगै आफहरु अलि अन्यौलमा परेको उनीहरुको भनाइ छ । पूर्व सभासद अजय द्विवेद्विले भने भारत सरकारले ल्याएको नयाँ मौद्रिक निति अनुसार नेपालमा पनि केहि न केही त असर परेको बताए । हाम्रो देशको ७० प्रतिशत जति चाहिने समान उत्तैबाट आउने भएकोले उता केही नीति फेरबदल हुँदा क्षणिक असर त पर्छ उनले भने । नियमसंगत हिसाबले कारोवार गर्ने कसैलाई पनि असर नपर्ने उनको तर्क छ । 
    भारतमा लगाएको प्रतिबन्धले भने वीरगंज भन्सार कार्यालयलाई भने खासै असर नपर्ने वीरगंज भन्सार कार्यालयका भन्सार प्रमुख सेवन्तक पोखरेलले बताए । उनले भने वीरगंज भन्सारको कार्यलय सम्पूर्ण कम्पयुटरराइजड सिस्टमले बिलिङ्ग हुने हुदाँ भन्सारलाई केही असर पार्दैन उनले भने । हाम्रो सम्पुर्ण लेनदेनको कारोबार नेपाली रुपैयाले हुने हुदाँ त्यस्तो केही असर नपार्ने उनले बताए । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: भारु नोटको प्रतिबन्धले सीमा क्षेत्रका नेपाली पनि प्रभावित Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top