-

  • नयाँ खबर

    30 November, 2016

    बिहानै खाली पेट पानी पिउनुका पाँच महत्वपूर्ण फाइदा

    मानव जीवनका पानीको महत्व धेरै छ । हामी पानी त खान्छौं तर, विहान खाली पेट खाँदा निकै फाइदाजनक हुन्छ । यदि तपाइले विहानै पानी पिउने बानी पार्नुभयो भने विभिन्न रोगबाट बच्न सक्नुहुनेछ । खाली पेट पानी पिउँदा हाम्रो शरिरमा भएको टक्सिन सफा भई रगत शुद्ध बनाउँछ । बिहानै ४ गिलास पानी पिउन सके हामीलाई तन्दुरुस्ती प्राप्त हुन्छ । तपाई बिहानै यति धेरै पानी पिउन सक्नु हुन्न भने दैनिक १ गिलासबाट शुरु गर्नुहोस् र मात्रा बढाउँदै लैजानुस् ।

    बिहान उठेर पानी पिउनुका फाइदा

    – बिहानै उठेर पानी पिउँदा शरिरभित्र रहेका हानीकारक तत्व सफा हुन गई रगत सफा हुने र छालासमेत स्वस्थ भई चमक आउँछ ।
    – बिहानै पानी पिउने गरे शरिरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ भने शरिरका माँसपेशीसमेत बलियो हुन्छ ।
    – खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ । यदि तपाई आफ्नो तौल घटाउन चाहनु हुन्छ भने बिहान पानी पिउन शुरु गरिहाल्नुस् ।
    – बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरिरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ । कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ ।
    – बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ । त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुन्छ । – सौजन्य
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बिहानै खाली पेट पानी पिउनुका पाँच महत्वपूर्ण फाइदा Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top