-

  • नयाँ खबर

    13 November, 2016

    चस्मा नलगाई मोबाइलमै अब थ्री डी भिजुअल !


    तपाईँले कुनै विशेष चस्मा विना नै स्मार्ट फोनमा थ्री डी भिडियो हेर्न सक्ने सम्भावना बलियो भएको छ । वैज्ञानिकहरुले साना स्क्रिनमा टू डी र थ्री डी दुवै मोडमा हेर्न सकिने बनाएका छन् ।  
    थ्री डीमा भिजुअलको लेयरहरु हुने गर्छन् त्यसैले विशेष चस्माको प्रयोगबाटमात्र यस्ता दृश्य हेर्न सकिन्छ । तर, स्क्रिनमै इमेजको पिक्सेल र अप्टिकलाई लेयरका रुपमा राखेर बैज्ञानिकहरुले यस्तो सुविधा तयार गरेका हुन् ।
    लेन्टिकुलर लेन्स भनिने माइक्रो लेन्सको प्रयोगबाट यस्तो सुविधा तयार भएको हो । इमेजका अगाडि यस्तो लेन्स रहँदा एङ्गलअनुसार थ्री डीको अनुभव गर्न सकिन्छ ।
    यो कसरी तयार भयो भन्ने उदाहरण स् तपाईँले पोस्टर वा फोटोहरु देख्नुभएको छ जुन तपाईँ हिँड्दा परिवर्तन हुन्छ । यसै प्रविधिमा आधारित रहेर स्क्रिनमा थ्री डी तयार पारिएको हो । दुई वा त्यो भन्दा धेरै इन्टरलेस्ड तथा प्रिन्टेड वस्तुलाई प्लास्टिकको लेयरभित्र डिस्प्ले गराएर यस्तो दृश्य देखाइने गरिन्छ ।
    अब तयार हुने स्क्रिनमा टू डी र थ्री डीमा स्विच हुनसक्ने गरी काम थालिएको छ ।
    इमेज लेयर र ब्यारियर लेयरबीचको दुरीले नै कुनै वस्तु कति नजिक वा टाढा देखाउने भन्ने तय गर्छ । यसको प्रयोगपछि थ्री डी भ्यूका लागि चस्मा चाहिन्न ।
    दक्षिण कोरियाको सिओल नेसनल युनिभर्सिटीका प्राध्यापक सिन डो लि र उनको टिमले सिंगल प्यानलमै यस्तो सुविधा तयार गरेका हुन् ।
    ’हाम्रो प्रविधिले सस्तो मुल्यमा हल्का तौलका टू डीरथ्री डी कन्भर्टेवल डिस्प्ले उत्पादन गर्न सघाउँछ,’ उनले भने । यो अनुसन्धानको रिपोर्ट अप्टिक्स एक्सप्रेसमा प्रकाशित छ ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: चस्मा नलगाई मोबाइलमै अब थ्री डी भिजुअल ! Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top