-

  • नयाँ खबर

    28 November, 2016

    भारत सरकारले ५०० र १००० का नोटमा प्रतिबन्ध लगाएपछि यसले नेपाली बजार व्यवसायमा कतिको प्रभाव पार्छ ?



    १)
    नविन कुमार अग्रवाल (व्यापारी)
    वीरगंज, आदर्शनगर
    नेपाली बजारमा त अलिअलि प्रभाव पार्छ तर बोर्डर एरीयाको सिमावर्ती बजारहरुमा बढी असर पार्छन । किन भने वीरगंजमा आउने रक्सौलका व्यापारीहरुले समान किन्दा ५ सय हजारको नोट दिने गर्दछन् हामीले पनि रक्सौल वा भारतको अन्य ठाउँमा जादाँ एटिएम बाट पैसा निकालेर समान खरिद गर्ने गर्दथ्यौँ तर अहिले यो सम्भव छैनन् केही हामीसंग पनि रहेका पैसाहरु यतिकै थनकिरहेको छ । अरु व्यापारीहरुलाई समेत विस्तारै असर पारेको देखिन्छ । 

    २) 
    अमृत क्याल(व्यापारी)
    वीरगंज, माईस्थान
    अवश्य नै फरक पार्छ किनभने छिमेकी राष्टबाट आउने व्यापारी ५ सय हजार लिएर समान किन्न आउँछन् तर हामीले त्यो पैसा लिन सकेका छैनौँ । खुद्रा रुपमा हामीले नै रक्सौलको बजारमा किन्न जाँदा उनिहरु समेत ५ सय हजारको नोट लिन मानिरहेका छैनन् । नेपाली बजारमा असर नपार्ने कुरै भएन असर पारिसकेको छ । यो लगभग ६ महिना एक वर्ष सम्म देखिन्छन् । 

    ३)
    अजय द्विवेद्वि
    पुर्व सभासद
    भारत सरकारले ल्याएको मौद्रिक निति सराहनिय हो । यसले नेपालको व्यापार व्यवसायमा नै अफ्ठयारो त होइन् तर असर चाँहि पार्छन् । दुवै देशको बोर्डर एरियामा अलि बढी असर पार्छन् भारतको निति हो त्यस अनुसार हिन्नै पर्छ अलिकता समय लिन्छन् तर राम्रो हुदैँ जान्छ ।

    ४) 
    मोहन प्रधान 
    मकालु होटल (सञ्चालक) 
    वीरगंजको व्यापार व्यवसायलाई नै हर्ने हो भने केही न केही असर पर्छ नै किनभने धेरैको कारोबार भारतसंग छ । अरु व्यापारी व्यवसायीको हकमा भने ठुल ठुलो व्यापारीलाई असर पर्दैन होला तर स–साना व्यापारीहरुलाई अलि बढी असर पर्छ किनभने उनिहरुको कारोबार बैकिङ्ग नभई हातो हातको कारोबार हो त्यसले केहि दिन सम्मका लागि असर पार्छन् । तर होटल व्यवसायिहरुका बारेमा भन्ने हो भने हामीकहाँ बडी कार्डबाट भुक्तानि हुने हुदाँ होटल व्यवसायीलाई यसले असर पार्दैन्न । 

    ५) 
    दिलिप राज कार्की 
    विद्यार्थी ठाकुर राम बहुमुखी क्यामपस
    हामीलाई अफ्ठयारो पारेको छ, सायद त्यो देशको लागि उनको निति राम्रो होला तर हामीलाई अहिले अफ्ठयारो भएको छ । हामी भारतसंग नजिक छौँ अहिले छुट्टीको समय छ, दिल्ली घुम्न जानको लागि साथीहरुसंग ५ सय दरको केही भारतीय रुपैया खोजेर राख्याथे अहिले गाह्रो परेको छ । यदी भारतसंग समन्वय गरेको एस.वि.आई. बैकले यहाँपनी पैसा साट्ने व्यवस्था गरिदियो भने सजिलो हुन्थ्यो । तयारी विनाको प्रतिबन्धले घाडो बनाएको छ ।  

    ६) 
    उतम सञ्जेल
    समता शिक्षा निकेतन
    भारतले जुन ५ सय र हजारको नोटमाप्रतिबन्ध लगाएको छ, यसले नेपालमा पनि ठुलो असर पर्छ । तर जो लिगली पैसा कमाएको छ तिनिहरुलाई असर पार्दैन्न । 


    ७) 
    दिना जी (व्यापारी)
    वीरगन्ज माइस्थान
    लेनदेनको व्यापारमा त फरक पारीहाल्छ नि किनभने यहाँको व्यापार बढी मात्रामा भारतबाट नै हुन्छ । लेनदेनमा पैसाको धेरै फरक पर्छ, व्यापारीहरुलाई माल दिन आपत पर्छ । तत्कालको लागि असर नपरेपनि तर अब समस्या देखिन थालेको छ, शुक्रवार मात्रै एकजना व्यापारीले भारतबाट समान मगाउनुभयो पैसा दिनेबेलामा ५ सय हजार दरको नोट दिदाँ लिन मान्नु भएन त्यस्तो अवस्थामा नेपाली रुपैया नै दिएपनि मान्दैनन् हामीलाई भारतिय रुपैया नै दिनुस भन्छन् । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: भारत सरकारले ५०० र १००० का नोटमा प्रतिबन्ध लगाएपछि यसले नेपाली बजार व्यवसायमा कतिको प्रभाव पार्छ ? Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top