-

  • नयाँ खबर

    30 November, 2016

    अमेरिकी चुनाव र महिला बहस


    रसना ढकाल,

    मध्य नेपाल सन्देश 
    नोभेम्बर ८ विश्वको लागि महत्वपूर्ण दिन थियो , किनकी त्यसदिन अमेरिकामा राष्ट्रपतिको निर्वाचन थियो भने अर्कातिर अमेरिकामा पहिलो पल्ट महिला उम्मेदवार थिइन , हिनारी क्लिनटन । डेमोक्रयाटकी हिलारी क्लिनटन् थिइन भने उनको विपक्षमा थिए रिपब्लिकन पार्टिका उम्मेदवार डोनाल्ड ट्रम्प  । उनीहरुको विचमा निकै ठूलो प्रतिस्पर्धा भैरहेको थियो । चुनाव आउनु पुर्व दुवै प्रतिस्पर्धीहरु आफनो आफनो क्षेत्रमा र अमेरिकाको भावि रणनिति र विभिन्न देशहरुसँगको कुटनिति पहलको बारेमा विभिन्न प्रकारका एजेण्डाहरु राखिरहेका थिए । 
    विश्वको शक्तिशालि राष्ट्रको रुपमा परिचय बनाउन सफल अमेरिकाको आउने दिन कस्तो हुने छ , चुनिएका राष्ट्रपतिको कामहरुले  देखाउने छन् । तर यस पटकको चुनावमा महिला प्रतिस्पर्धी हिलारी भएको कारण होला  राष्ट्रपतिका अर्का उम्मेदवार ट्रम्पले महिलाको यौनको कुरा निकालेर आफु लगायत आफना सहयात्रीहरुलाई लज्जीत बनाए । ट्रम्प लगभग ७० को हाराहारीका व्यक्ति हुन  । भनिन्छ उमेरले गर्दा पनि मानिसकलाई बोलिमा परिपक्ता ल्याउछ । तर यसपालिको अमेरिकाको राष्ट्रपतिको चुनावमा त्यो देखिएन । पूर्व राष्ट्रपति विल क्लिटनले गरेको यौन दूराचारको कुरालाई ट्रम्पले मोहरा बनाए । उनले पटक पटक आफनो भाषणमा महिला र यौनका कुरालाई हिलारीको पूर्व घटनासँग जोडदै व्यङ्ग गरिरहे  । उमेरका पाका भनिने र त्यसमाथि अमेरिका जस्तो शक्तिशालि राष्ट्रका राष्ट्रपतिका उम्मेदवार हुन लायक भएका ट्रम्पको लागि यो एकदमै अशोभनिय तर्क थियो । 
    हरेक दृष्टिकोणबाट यस कुराको मूल्याकन गर्दा आज उम्मेदवार बन्दा त ट्रम्पले सार्वजनिक रुपमा यस्ता घिन लाग्दा कुरा गर्छन भने भोलि राष्ट्रपति नै भएभने उनले के गर्लान र कसरी महिला अधिकारका बहसलाई अन्तमा पुराउलान भन्ने कुरामा शंका उत्पन्न भएको थियो  । तर नतिजा ठिक उल्टो भयो । अमेरिकाको विभिन्न मिडियाहरुले चलाएको बहस कार्यक्रममा ट्रम्पले महिलाको यौनिकता सँग जुडेर धेरै कुरा गरे । पक्षका व्यक्तिहरु उनको कुरालाई तालि बजाउदै गए भने त्याहाँको सरकारी निकायहरुले पनि केहि रोक लाउन सकेनन् । हुनत निर्वाचन भनेकै झुटा कुरा गरेर विपक्ष माथि नचाहिदो आरोप लागाएर उसको साख खसाउनु र आफु अघि बडन रणनिति तयार गर्नु हो तर अमेरिका जस्तो देशमा यस्ता कुराले बहस पाउदा विश्व आश्चर्य चकित भएको छ । भौतिक रुपमा हरेक दृष्टिकोणबाट अमेरिका राम्रो भन्ने तर्क आउछ तर ट्रम्पको छुद ता बोलिको कारण भौतिक रुपमा जति सम्पन्न भएपनि नैतिक रुपमा त उहि सानो सोच रहेछ भन्ने सोच सबैमा आएको थियो । 
    विल क्लिन्टन राष्ट्रपति हुदा उनीमाथि लागेको आरोपको खण्डन र वास्तविकता के हो त्यो सार्वजनिक भैसकेको हो । त्यस अवस्थामा हिलारीले आफनो पतिको साथ एक सेकेण्डसम्मलाई पनि छोडिनन । मिनेट मिनेटमा कुराको खण्डन गर्दा हिलारीले विलको हात समाउदै हिम्मतका साथ त्यो दिनको सामना गरिन् । असहज परिस्थितीलाई हिलारीको साथले विल क्लिन्टनले पनि साहस पाएका थिए भने विश्वमा पति पत्निको सम्बन्ध र असहज परिस्थितीमा साथ दिने खालको सकारात्मक शन्देश गएको हो । हाम्रो जस्तो मुलुक भएको भए वास्तविकता नबुझिकन सिधै प्रहरी या अदालत समक्ष मुद्दा पुग्ने सम्भावना हुन्थ्यिो । तर हिलारीको त्यो साथले विश्वमा राम्रो छाप छोडेको हो । उनीमाथि पनि पतिलाई अरु महिला प्रयोग गराउने आरोप पनि लगाईयो तर वास्तविकता के हो अघि आउन सकेन ।  समय वित्दै गयो । अमेरिकाको ध्यान अन्तै गयो । क्लिन्टका कुरा थाति भए । तर यसपालिको राष्ट्रपति निर्वाचनमा  त्यो ठूलो मुद्दा बन्यो ।  राष्ट्रपतिका उम्मेदवार ट्रम्पको लागि । उनले हिलारीका गलत पक्षलाई कोट्याउदै अघि बडन खोजे । पति माथि लागेका आरोपको दिनहरुमा स्वच्छ रुपले साथ दिदै आएकि हिलारीको त्यति बेला उनले कसरी काम गरिन भन्ने तिर ट्रम्पले सोच्न पनि सकेनन । 
    एक महिलालाई नाना भाति यौनको कुरामा लाल्छेना लगाई उनले कस्तो इमेज बनाउन खोजेको हो त्यो दैव जानुन् । हिलारीको वितेको दिनलाई बहसको मुद्दा बनाउनु कतिको उचित थियो ? विश्वबाट कुनै राष्ट्रको भाव गएन् । जेनेभा जस्तो मानव अधिकारको उत्पन्न स्थलले पनि ट्रम्प माथि यस्ता कुरा बोल्न रोक लाउन सकेन् । ट्रम्प बोलेको सुन्दा सबै सर्माउनु पर्ने स्थिति थियो । उनका आवारा बोलिको कारण अमेरिकाको भावि राष्ट्रपति पछि कति लोकप्रिय होला भनेर अडकलबाजि एक वर्गले गरिसकेको थियो । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: अमेरिकी चुनाव र महिला बहस Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top