-

  • नयाँ खबर

    13 November, 2016

    किन आउँछ डन्डीफोर ?

    धेरै युवायुवती डन्डीफोरको समस्याले पीडित हुने गरेका छन् । डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो भन्ने कुरा नबुझ्दा र डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता गुमाउँछन् । मानिसको शरीरमा हुने रौँको फेदमा स(साना प्वाल हुन्छन् । रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ । यो ग्ल्यान्डले छालालाई चिल्लो बनाउने विशेष प्रकारको रस उत्पादन गर्छ । जुन बेला रौँको जरामा रहेको प्वाल बन्द हुन्छ, त्यस्तो बेलामा छालालाई चिल्लो बनाउने रस बाहिर निस्कन पाउँदैन । यो छालाभित्रै जम्छ । यसरी जमेको अवस्था नै डन्डीफोर अर्थात् पिम्पल्सको अवस्था हो । डन्डीफोरका चारवटा तह हुन्छन् । स्वास्थ्य विज्ञानले ग्रेड एकदेखि चारसम्म यसको वर्गीकरण गरेको छ । डन्डीफोरको पहिलो चरण ‘ब्ल्याक हेड’ हो । काला स(साना गिर्खा अनुहारमा भएको अवस्थालाई नै ब्ल्याक हेड मानिन्छ । चौथो चरणमा पुगेको डन्डीफोरमा पीप र रगत नै जमेको हुन्छ । डन्डीफोर आइसकेपछि त्यसमा ब्याक्टेरियाको इन्फेक्सन हुने भएकाले यसले छालालाई थप हानि पु¥याउँछ । अनुहार, छाती, कुम र कहिलेकाहीँ ढाडमा पनि डन्डीफोर आउँछन् । कपडाले ढाक्ने भागमा डन्डीफोर आउँदा खासै फरक पर्दैन । तर, अनुहारमा डन्डीफोरले दाग, धब्बा र स-साना खोपिल्टा छोडेर जाने भएकाले यो धेरैको पिरलो बन्ने गरेको छ । 
    डन्डीफोर धेरै चिल्लो छालामा देखिने रोग हो । यसबाट जोगिन छालालाई डूाई राख्ने कुरामा ध्यान दिनुपर्छ । जीवनशैलीमा ध्यान दिनुपर्छ । धेरै चिल्लो खानु हुँदैन । चकलेट धेरै खानेहरूलाई पनि डन्डीफोरको समस्या देखिन सक्छ । डन्डीफोर आएकाले तेलबाट जोगिनुपर्छ । कपालमा तेल हालेर बस्ने गर्नु हुँदैन । अनुहारको चिल्लो हटाउन क्लिन्जिङ गर्नुपर्छ । दिनमा तीनचारपटक मुख धुनुपर्छ । छालालाई सुक्खा बनाउने क्रिम लगाउनुपर्छ । डन्डीफोरले निकै नै दुःख दिएको छ भने एन्टिबायोटिक क्रिम लगाउने र औषधि खानुपर्ने पनि हुन्छ ।
    डन्डीफोरले बिगारिसकेको अनुहारको छालालाई सफा बनाउन औषधि र क्रिमले मात्र काम गर्दैनन् । यसका लागि लेजर थेरापी गर्नुपर्छ । डन्डीफोरका कारण दाग बसेको छालालाई मेसिनको सहायताबाट हटाउने विधि प्रयोग गरी उपचार गर्नुपर्छ । यो विधिमा दाग बसेको छालाको बाहिरी तहलाई हटाउने र नयाँ छाला पलाउने अवस्था सिर्जना गरिन्छ । यसो गर्दा समेत अनुहारको शतप्रतिशत दाग भने जाँदैन । केही कम गर्न सकिन्छ । डन्डीफोर आउन थालेपछि त्यसलाई कोट्याउने तथा निचोर्ने नगरी विशेषज्ञ चिकित्सकलाई देखाएर थोरै सावधानी अपनाउँदा अनुहारमा आउने समस्याबाट बच्न सकिन्छ । – सौजन्य
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: किन आउँछ डन्डीफोर ? Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top