जीवन विशाल खोलाको पानी हो
यो निरन्तर बहिरहन्छ ।
जीवन आधीबेरीको कथा हो
यसको काहानी बिचित्र हुन्छ ।
जीवन हाँसो रोदनको संगम हो
यस्को सुरु र अन्त अगम्य हुन्छ ।
जीवन घाम र छाया जस्तो हो
उदाउने र अस्ताउने भै रहन्छ ।
जीवन क्षणिक नाटक हो
प्राण रहे सम्म अीभनय गर्छ ।
जीवन दुःख को गति हो
यो आफै गुन्जी रहन्छ ।
– दिपिका श्रेष्ठ
हेटैडा
0 comments:
Post a Comment