-

  • नयाँ खबर

    27 November, 2016

    उदेश्य सहि भए कुनै व्यवधानले रोक्दैन परिवर्तन


    – कविता खड्का
    मध्य नेपाल सन्देश 
    बुबा गणपति मोरवैता र आमा बासोदेवी यादवको कोखबाट जन्मिएका ६ सन्तान मध्ये उर्मिला यादव तेस्रो सन्तान हुन् । उनका ३ जना दाजुभाइ र २ जना दिदीबहिनी छन् । उनको वि.सं. २०२७ साल असोज २८ गते सिरहाको माडरमा जन्म भएको हो । त्यहिको माडर मा.वि.मा कक्षा ७ मा पढ्दा पढदै १३ वर्षको उमेरमा नै उर्मिला लोहना जनकपुरको परमेश्वर यादवसंग विवाह बन्धनमा बाधिन पुगिन् । वालविवाहको कारण उनलाई पढाईमा बाधा पुग्यो । १६ बर्ष मै उनले पहिलो छोराको जन्म दिइन् । सानै उमेरमा भएको विवाहको कारणले बच्चा जन्माउदा उनले निकै हण्डर खानु परेको पीडा उनले सुनाइन् ।
    उनको सानैदेखिको पढेर समाजको लागि केही सकारात्मक काम गर्ने चाहना थियो । कम पढेको कारणले उनले कयांै बर्ष घरधन्दा र बालबच्चाको हेरचाह मै बिताउन प¥यो । श्रीमान्लाई दिनरात सम्झाई बुझाई निकै बर्ष पछि श्रीमान्को अनुमतिमा उनले फेरी पढाइलाई निरन्तरता दिएको बताइन् । उनी मामा घर भारतको जयनगरमा वसेर एस. एल. सी. उर्तीण गरिन् । पुनः घर फर्की जनकपुरको रा.रा. क्याम्पसमा पढाईको लागि कक्षा ११ मा  भर्ना भई उनले आफ्नो पढाइलाई अझ उच्च शिक्षा तर्फ बढाइन् । सानै देखि सामाजिक कार्य गर्ने भावना भएकी उनी घर परिवारको निकै नै ठूलो चुनौतीलाई पार गर्दै सामाजिक काम गर्न घरको चौघेरा बाहिर निस्किन् । 
    काम गर्दै जाने क्रममा २०५८ सालमा ईन्सेकको एसिया फाउण्डेसन जनवकालत जिल्ला महिला अधिकार समूहको अध्यक्ष बनेको उनले बताइन् । सामाजिक काम गर्दै जाँदा उनले समाजबाट निकै नै अपहेलना तिरस्कार खेप्नु परेको उनको अनुभव छ । उनको समाजमा रहेका महिलाहरुको लागि केही गर्नु पर्छ भनी अग्रसर हुँदा समाजकै केही व्यक्तिले उनको नाम पनि परिवर्तन गरी दिए घर भाडने महिला भनेर । तराई क्षेत्रमा घरबाट बाहिर निस्कनुलाई राम्रो मानिदैन्थ्यो । उनको परिवार पनि उनलाई घर बाहिर निस्केकोमा पूर्ण सन्तुष्ट भने थिएन । त्यो आरोप प्रत्यारोपलाई उनले सामना गर्दै निरन्तर आफ्नो सामाजिक काममा अगाडी बढिरहिन् । त्यो नै आफ्नो सफलताको कारण भएको उनको भनाइ छ । 
    उनलाई घरबाट मात्रै चुनौती थिएन । घर बाहिर पनि महिलाको हकमा काम गर्दा  स्थानीय नेता तथा समाजका अगुवाहरुले सार्वजनिक कार्यक्रममा भाषण गर्दा महिलाको हकमा निकै राम्राराम्रा कुरा गर्ने तथा मिठामिठा सपनाहरु बाड्ने गर्दथे । तर  कतिपयले आफनै घरमा महिला हिंसा गर्ने गरेको जानकारी यादवलाई थियो । यति मात्र नभएर हिंसालाई दवाउन पनि पछि पर्दैन्थे स्थानीय नेताहरु समेत उनले अगाडी थपिन् । 
    महिलाको पक्षमा वकालत गर्दै जाँदा पीडक पक्षले उनलाई बिभिन्न आरोप लगाउने गर्दथे र उनको घरमा गएर उनकै बारेमा भए नभएको कुरा सुनाउँथे । दिनभरी समाजको लागि दौडधुप गर्ने तर घरमा फर्किदा बिभिन्न आरोप र लाँन्छना खेप्नु परथ्र्यो उनले । घर भित्र बस्दा घरधन्दामा सघाउने घर परिवारले घर बाहिर निस्कदा सहयोग गर्न छोडे र रिस साध्नका लागि झन् जिम्मेवारी थपिदिए । उनी साँझ घर फर्किंदा घरको सवै काम गर्नु पथ्र्यो । तर पनि उनले हार मानिन् र आफनो सामाजिक कामलाई निरन्तरता दिइरहिन् । अहिले काम गर्दै जाँदा महिला हिंसा मात्र होइन । अव त पुरुष हिंसा पनि निकै बढेको र उनले पुरुष हिंसाको बारेमा पनि वकालत गरिरहेको बताउँछिन् । 
    अहिले उनी महिला सुरक्षा दवाव समूह गठन गरी बिभिन्न ठाउँमा छरिएर  रहेका  महिलाहरुलाई एकिकृत गरी संयुतm रुपमा समाजमा जरा गाडेर रहेको सामाजिक बिकृति विसंगतिलाई निमिट्यान्न पारेर फाल्न र पितृसतात्मक सोचलाई परिवर्तन गरी महिला भएकै कारण भोग्नु पर्ने हिंसाका विरुद्धमा महिला सुरक्षा दवाव समूह नै गठन गरी बलियोसँग कार्य सम्पादन गर्दै आएकी छन् ।  
    जिल्ला महिला अधिकार सरोकार समूहको अध्यक्ष भई सवै संघ संस्था, स्थानीय निकाय, अधिकारकर्मीसंग समन्वय गरी अगाडी बढ्ने अहिले उनको दैनिकी जस्तै भएको छ । सुुरु सुरुमा असहयोग गर्ने हातहरु र साथहरु अहिले सहयोगका लागि आतुर हुन्छन् । उनीसंगै अधिकारको क्षेत्रमा काम गर्ने सहयात्रीहरु सासंद समेत भएकोमा उनी निकै नै खुशी भएको बताउछिन् । यसरी महिलाको क्षेत्रमा काम गर्दै जाँदा एक न एक दिन अवश्य नै सफलता पाईन्छ । पुरुष प्रधान समाजमा महिलाको लागि काम गर्दा हामीलाई समस्या त अवस्य नै आउँछ । तर हाम्रो उद्देश्य सही छ भने कुनै पनि व्यवधानले परिवर्तन रोक्न सक्दैन यादवले भनिन् । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: उदेश्य सहि भए कुनै व्यवधानले रोक्दैन परिवर्तन Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top