-

  • नयाँ खबर

    10 November, 2016

    ट्रम्प भन्छन, ‘सबैसँग मित्रता हुनेछ, दुश्मनी कसैसँग हुँदैन’


    अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले आफूलाई सबै अमेरिकीको राष्ट्रपति भन्दै मत दिने र नदिने सबैप्रति आभार व्यक्त गरेका छन् ।
    उनले अमेरिकाको हित सर्वोपरी हुने भन्दै विश्वसँग शान्तिपूर्वक सहकार्य गर्ने भरोसा दिलाए । भने, “हामी सबै मिलेर अमेरिकालाई अझै बलियो बनाउने छौं ।”
    ट्रम्पले अगाडि भने “म सबै अमेरिकीको राष्ट्रपति हुँ । जसले मलाई निर्वाचित गरे र उनीहरु जसले मलाई मत दिएनन् सबैका लागि काम गर्नुछ । सबैको भविष्य सुन्दर बनाउनु छ । मेरो जीत अमेरिकालाई माया गर्ने सबैको जीत हो । हामी अर्थव्यवस्थालाई अगाडि बढाउने छौं । हाम्रो अर्थतन्त्र दुइगुणा बढउनु पर्छ । लाखौं अमेरिकीलाई रोजगार दिनुछ । हामीले ठूलो सपना देख्नुपर्छ र त्यसलाई पूरा गर्नुपर्छ ।”
    सबैसँग मित्रता
    शक्तिशाली देश अमेरिकाको राष्ट्रपति चुनिएलगत्तै दिएको भाषणमा उनले भने, “म विश्व समुदायलाई भन्न चाहन्छु, अमेरिकालाई मेरो पहिलो प्राथमिकता हुनेछ तर, सबैसँग मिलेर काम गर्नेछु । हामीलाई सबैसँग मित्रता गाँस्नु छ, दुश्मनी होइन । प्रत्येक देशसँग सम्बन्ध सुदृढ बनाउने छु ।”
    लामो तिक्ततापूर्ण निर्वाचन अभियानपछिको जीतबाट उत्साहित ट्रम्पले आफ्नी प्रतिद्वन्द्वी डेमोक्रेटिक उम्मेदवार हिलरी क्लिन्टनलाई धन्यवाद दिए । उनले भने, “हिलरीले मलाई बधाई दिनुभएको छ, म उहाँप्रति आभार व्यक्त गर्दछु । उहाँले शानदार प्रतिस्पर्धा गर्नुभयो ।” ट्रम्पले अन्य उम्मेदवारको पनि प्रशंसा गरेका थिए ।
    आफ्नो छोटो भाषणमा उनले आफ्ना दिवंगत आमा–बाबुलाई सम्झिए । आफ्ना भाई–बैनी, छोरा–छोरी र सम्पूर्ण आफन्तलाई धन्यवाद भने ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ट्रम्प भन्छन, ‘सबैसँग मित्रता हुनेछ, दुश्मनी कसैसँग हुँदैन’ Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top