-

  • नयाँ खबर

    30 November, 2016

    शिशु स्याहार केन्द्रले महिलाहरुको आर्थिक पक्ष सुदृढ बन्दै


    – कोपिला चौलागाई 
    मध्य नेपाल सन्देश 
    देशको अर्थतन्त्र धान्नका लागि अप्रत्यक्ष रुपमा महत्वपूर्ण योगदान दिँदै आएका ग्रामीण भेगका महिलाहरुले घरको कामको बोझका कारण सीपको सदुपयोग गर्न सकेका छैनन् । अधिकांश कृषिमा नै निर्भर रहेको हाम्रो समुदायका महिलाहरुले साना साना नानीहरुको कारणले गर्दा निर्धक्क काम गर्न नपाउने र छोराछोरीको स्याहारसुसार तथा घरको काम गर्दा फुर्सद एक क्षण पनि नहुने अवस्था रहेको छ । 
    अत्याधुनिक सुविधा सम्पन्न  शहर बजारमा त शुल्क सहितको शिशु स्याहार केन्द्रहरु रहेका छन् । तर ग्रमीण बस्तीहरुमा त्यस्ता शिशु स्याहार हरु नरहेको भए पनि पछिल्लो समयमा विभिन्न गैर सरकारी संस्थाहरुको पहलमा संचालनमा रहेका सक्षम परियोजना अन्तरगत कार्यक्षेत्रहरुमा महिलाहरुले गर्ने पारीश्रमिक बिनाको सेवामुलक कामहरुको बारेमा छलफल तथा अन्तरक्रिया गर्दा समुदायमा शिशु स्याहार केन्द्रको प्रभावकारीता देखिएको छ । 
    एक्सन एड नेपालसंगको आर्थिक सहगोगमा सन् २०१३ मा सक्षम परियोजनाका कार्यक्षेत्रहरु मध्येको गा.वि.स. पकाहा मैनपुरमा शिशु स्याहार केन्द्रको स्थापना भएपछि सो शिशु स्याहार केन्द्रमा बालबालिकाहरुको लागि खेलौना देखी लिएर उनीहरुको पोषणको लागि दैनिक आहार तथा खाजाको व्यवस्था गरियो । सो शिशु स्याहार केन्द्रमा दैनिक २५ देखी ३० जना बालबालिकाहरु आउन थालेपछि आफ्नो छोरा वा छोरीलाई शिशु स्याहारमा राखेर अधिकांश महिलाहरुले खेतीको काममा समय दिंदा उत्पादकत्व बढेको पाइन्छ । समुदायमा यस्तो शिशु याहार केन्द्रको माग आउन थाले पछि सन् २०१४ मा गा.वि.स. प्रसौनी भाठ्ठामा पनि सामुदायिक शिशु स्याहार केन्द्रको स्थापना भएको छ । सो शिशु स्याहार केन्द्रमा पनि २५ देखी ३० जना बालबालिकाहरु आउने गरेका छन् । 
    यी २ ओटा शिशु स्याहार केन्द्र संचालन भएपछि ४ जना शिशु स्याहारकर्ताहरुले बालबालिकाहरुको रेखदेख गरिरहेका छन् । दुबै शिशु स्याहार केन्द्रमा गरि ६० देखी ७० जना बालबालिकाहरुका आमाहरुले हेरचाह सुविधा मार्फत् कृषि तथा अन्य आय मुलक काममा संलग्न भई परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुगेको स्थानीयको भनाइ छ । जसमध्ये ५ जनाले सिलाई २ जनाले किराना पसल, ९ जनाले पशुपालन, १३ जनाले ज्याला मजदुरी र अन्यले कृषि तथा खेतीपाती गरिरहेको स्थानीयको भनाइ छ । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: शिशु स्याहार केन्द्रले महिलाहरुको आर्थिक पक्ष सुदृढ बन्दै Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top