-

  • नयाँ खबर

    23 November, 2016

    मेनिक्योर – पेडिक्योर– ब्यूटि टिप्स


    पुष्पा राणा (संतोषी व्यूटिपालर) 
    मध्य नेपाल सन्देश, 
    हाम्रो शरीरको महत्वर्पुण अंग हाम्रो हात खुट्टा पनि हो । हात नभए हामी केही गर्न सक्दैनांै, खुट्टा नभए हामी उभिन सकदैनौ । यही हात खुट्टामा नङ्ग पनि हुन्छन् । यी नङ्गहरुले हाम्रो हात खुट्टा राम्रो देखिन्छ जसरी हामीले हाम्रो शरीरको अनुहारको केशको देखभाल गर्छौं,  सफा राख्छांै , त्यसरी नै हामीले हाम्रो हातखुट्टा  तथा नङ्गलाई पनि बलियो पार्न र सफा राख्न अत्गन्तै जरुरी हुन्छ । कसरी सफा राख्ने यी तरिका मेनिक्योर (पेडिक्योर गर्न सकिन्छ । कसै कसैको नङ्ग टुक्रिने , नबढ्ने कडा र सुख्खा हुने गर्दछ । यस्तो (नङ्गलाई नरम टुटने नङ्गमा) कागतिको बोक्रामा भिटामिन सि भएकोले दिनमा दुई ( तीन पटक नङ्गमा दल्ने गर्नाले नङ्ग बलियो हुन्छ र टुक्रिन कम हुन्छ । नङ्ग सुख्खा भएमा अलि ओयल, आलमण्ड ओयलले मसाज गरेमा नङ्ग नरम चिल्लो हुनेछ । कसै (कसैको नङ्ग टोक्ने बानी हुन्छ भिटामिनको कमि क्याल्सियमको कमिले गर्दा यस्तो गरिन्छ । त्यसैले हामीले भिटामिन भएको फलफूल, साग सब्जीहरु खाने गरेमा यो बानी छुट्दै जान्छ । मेनीक्योर(पेडीकयोर गर्ने तरीका प्रायःसबै एउटै हो फरक पेडीकयोरमा चाहिँ फुट स्क्रबर र प्युमिक स्टोनको जरुरी पर्दछ । सामाग्ररीहरु नेल पलिस रिमुबर ,कपास ,तातो पानी ,सैम्पु ,हाईड्रोजन पेरोकरगईड, मेनीक्योर सेट, टावेल, प्यूमिक स्टोन, स्क्रब, क्रिम ( हयमन्ड फुट लोसन ) नेल पलिस, वाटर कलर पलिस, बुस कोट, टप कोट,क्यूटिकल क्रिम , साबुन नेल ब्रस  गर्ने  तरिका  सबै भन्दा पहिला सामाग्रीहरु ठिक पारेर राख्ने  
    १) नेल कटरले नङ्ग कति लामो चाहिन्छ काटने 
    २) फाईलरले नङ्गलाई बिस्तारै रेट्दै सेप दिने 
    ३) मन तातो पानीमा (हतकेला पुरा डुबने सम्म) हात डुबमउने 
    ४) पानीमा एक ढक्कन सेम्पु ५्र्र÷६ थोपा हाईडेजन पेरोक्रगइर्ड ५÷६ मिनेट पानीमा डुबाउने 
    ५) हात निकालेर नरम टावेलले पुछने 
    ६) आरेज या प्लाष्टिकको नरम स्टीमले ((क्यूटिकल पुसरल) क्यूटिकल बिस्तारै ठेल्र सेप मिलाउने क्यूटिकल  निप्परले क्यूटिकल काटने
    ७) क्यूटिकल क्रिमले मसाज गर्ने
    ८) नङ्ग भित्रको फोहर बिस्तारै प्लास्टिक स्टीकले निकाल्ने 
    ९) नेल ब्रसमा साबुन लगाएर नेलमा बिस्तारै बिस्तारै सफा गर्ने 
    १०) नङ्ग सफा गरे पछि स्क्रब लगाएर एउटा एउटा आँैला, हतकेला, पाखुरामा मसाज गर्ने,स्क्रब पुछेर मसाज क्रिमले मसाज गर्ने, मसाज पछि तातो पानीमा टावेल भिजाएर निचोरेर टावेलले हत्केला पाखुरा छोपेर स्टीम दिने
    ११) नङ्ग, हातलाई पूछेर सुख्खा पार्ने 
    १२) नङ्गमा नेल बेस कोट लगाउलने, नेल पोलिस लगाउने, नेल टपकोट लगाउने 
    १३) नेल पलिस माथि नेल आर्ट गरे अभm राम्रो देखिन्छ 
    पेडीक्योरमा सबै प्रक्रिया त्यहि हो पानी खुट्टाको एडी भन्दा अलि माथि सम्म भिजने गरी भिजाउने नङ्गको फोहर सबै सफा गरीसकेपछि एडीमा फुट स्क्रबरले दलेर डेड् स्किनलाई निकाल्ने प्यूमिक स्टोनले दलेर डेड स्कीन निकाल्ने 
    १४) नेल पालिस नलगाउनु परेमा सादा नङ्ग राख्नु परेमा नेल रगईनरले नेलमा सार्रानिङ्ग दिने यो प्रक्रिया पुरुषहरुले पनि गर्न सकिन्छ । मेनीक्योर पेडीक्योर राम्रो र दक्ष व्यूटिसियनसंग गराए अझ राम्रो देखिनुको साथै रिल्याक्स पाईन्छ । महिला पुरुषहरु हात खुट्टा सफा राख्नभन्दा पनि रिल्याक्सको लागी पार्लरमा जाने गर्दछन् । यसले दिनभरीको थकावट पनि मेटाउँछ यो प्रक्रिया हप्तामा एक पटक गरेमा राम्रो हुन्छ ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मेनिक्योर – पेडिक्योर– ब्यूटि टिप्स Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।