-

  • नयाँ खबर

    03 March, 2016

    मोबाइलको वैध व्यापारलाई प्रोत्साहन गर्न ‘मोबाइल ट्र्याकिङ’ प्रणाली

    काठमाडौँ, २० फागुन । 
    अर्थ मन्त्रालयले मोबाइलको वैध व्यापारलाई प्रोत्साहन गर्न र यसबाट हुने राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउन ‘मोबाइल ट्र्याकिङ’ प्रणाली कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।
    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना तथा सञ्चार मन्त्रालयमार्फत सम्बद्ध सेवा प्रदायकलाई अन्तर्राष्ट्रिय मोबाइल उपकरण पहिचान (आइएमइआई) र उपकरण पहिचान दर्ता प्रणाली (इआइआरएस) लागू गर्न निर्देशन दिएको हो ।उहाँले सूचना तथा सञ्चारमन्त्री शेरधन राई, सूचना तथा सञ्चार सचिव दिनेशकुमार थपलिया, दूरसञ्चार प्राधिकरण र दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई बुधबार अर्थमन्त्रालयमा बोलाएर सोसम्बन्धी निर्णय कार्यान्वयन गर्न भन्नुभएको हो ।
    नेपाल दूरसञ्चार प्राधिकरणलाई यससम्बन्धी अन्तरिम कार्यविधि बनाई सरोकारवाला निकायसँग छलफल गरी आगामी वैशाख १ गतेदेखि कार्यान्वयन गर्न र उक्त प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि गर्न भनिएको छ ।
    हालसम्म आइएमइआई र इआइआरएस प्रणाली नभएका सेवाप्रदायकले छ महिनाभित्र यस्तो प्रणाली कार्यान्वयनमा ल्याउन र त्यसको नियमित कार्यान्वयन गरे÷नगरेको सम्बन्धमा अनुगमन गर्न सञ्चार मन्त्रालयलाई जिम्मा दिइएको छ ।यस प्रणालीको कार्यान्वयनसँगै कानुनी ढङ्गबाट गरिने आयातले प्रोत्साहन पाउने, राजस्व सङ्कलनमा सुधार आउने र सामाजिक सुरक्षालाई सबल बनाउन सकिने अर्थमन्त्रालयले जनाएको छ । रासस
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मोबाइलको वैध व्यापारलाई प्रोत्साहन गर्न ‘मोबाइल ट्र्याकिङ’ प्रणाली Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top