-

  • नयाँ खबर

    01 March, 2016

    फेसबुकमा प्रधानमन्त्रीलाई गाली गर्ने फोरम नेता पक्राउ

    १८ फागुन, काठमाडौं । फेसबुकमा अपशब्द प्रयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गरेको आरोपमा प्रहरीले संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका सचिव रामऔतार यादवलाई पक्राउ गरेको छ ।
    प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीमा कालो झण्डा देखाउने युवाहरुलाई पक्राउ गरेको विरोधमा गाली गलौज गर्दै फेसबुकमा स्टाटस लेखेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले यादवलाई पक्राउ गरेको हो ।
    रुपन्देहीबाट पक्राउ गरेर यादवलाई काठमाडौं ल्याइएको छ । उनलाई साइबर अपराधमा मुद्दा चलाउन काठमाडौं परिसर पठाइएको छ ।
    यसैबीच मधेसी मोर्चा रुपन्देहीले मंगलबार प्रेस विज्ञप्ति निकालेर यादवलाई प्रक्राउ गरेर प्रहरीले वेपत्ता पारेको आरोप लगाएको छ । मोर्चाका नेता महेन्द्र यादवले निकालेको विज्ञप्तिमा यादवको अबस्था सार्बजनिक गर्न र रिहा गर्न माग गरिएको छ ।
    रिहा नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: फेसबुकमा प्रधानमन्त्रीलाई गाली गर्ने फोरम नेता पक्राउ Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top