-

  • नयाँ खबर

    08 March, 2016

    मनाङलाई स्तब्ध पार्दै रुपन्देही सेमिफाईनलमा प्रवेश

    सिमरा, २५ फाल्गुन, बारा
    दुई पटकको बिजेता लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लबलाई स्तब्ध पार्दै रुपन्देही ११ सिमरामा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशीको रुस्लान सातौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
    सिमरा रंगशालामा मंगलवार भएको अन्तिम क्वार्टरफाईनल खेलमा मनाङलाई १–० ले पराजित गर्दै रुपन्देही अन्तिम चारमा प्रवेश गरेको हो । रुपन्देहीको जितमा म्यान अफ दि म्याच घोषित बुद्ध चेमजोङले खेलको ९औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
    रुपन्देहीको जितसंगै सेमिफाईनको समिकरण पुरा भएको छ । रुपन्देहीले अब सेमिफाईनलमा वीरगन्जसंग प्रतिस्पर्धा गर्नेछ भने बिभागिय टिम नेपाल आर्मीले बिजय युथ क्लब हेटौडासंग फाईनल प्रवेशका लागि भिडन्त गर्नेछ ।
    साविक बिजेता समेत रहेको आर्मीले सोमबार रुस्लान थ्रिस्टार क्लबलाई पराजित गरेको थियो भने बिजय युथले आयोजक नव जनजागृति र सरस्वती युथ क्लबलाई पन्छाउदै अन्तिम चारको यात्रा तय गरेको थियो ।
    बिभागिय टिम एपिएफलाई पन्छाउदै क्वार्टरफाईनलमा प्रवेश गरेको रुपन्देहीले मनाङलाई पराजित गर्ने क्रममा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । उपाधीकै दावेदार मानिएको मनाङको प्रदर्शन भने खासै रहन सकेन् ।
    रुपन्देहीको तुलनामा सन्तुलित खेल खेलेपनि थुप्रै अवसर गुमाउन पुग्दा मनाङ पहिलो खेलबाटै घर फर्किएको हो । मनाङका अनिल गुरुङ, बिशाल राई, सुजल श्रेष्ठ, हेमन गुरुङ र अफ्रिकि खेलाडी खेलाडी मुसाले थुप्रै अवसर चुकाएका थिए । खेलको ६७ औ मिनेटमा हेमन गुरुङले डिबक्स बाहिरबाट प्रहार गरेको बल क्रसबारमा लागेर फर्किनु मनाङका लागि दुभाग्य बन्न पुग्यो ।
    टिमको पराजयसंगै निराश बनेका मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आफ्नो खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताए । रुपन्देहीको तुलनमा राम्रै खेलेपनि फिनिसिङमा चुक्दा हार ब्यहोर्नुपरेको बताए ।
    रुपन्देहीका सहायक प्रशिक्षक जगुनाथ खड्काले मनाङजस्तो सशक्त टिमलाई पराजित गर्न सकेकोमा खुशी ब्यक्त गरे । टिमको प्रदर्शन मनाङको तुलनामा केही कमजोर भएपनि रणनिति अनुसार खेल्न सकेकाले जित हासिल गरेको उनको भनाई थियो ।
    प्रतियोगिता अन्र्तगत बुधवार साविक बिजेता त्रिभुवन आर्मी क्लब र बिजय युथ क्लब हेटौडाबिच हुनेछ ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मनाङलाई स्तब्ध पार्दै रुपन्देही सेमिफाईनलमा प्रवेश Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top