-

  • नयाँ खबर

    05 March, 2016

    प्रेस चौतारी नेपालको चौथो जिल्ला सम्मेलन सम्पन्न

     बीरगंज २२ फागनु
    प्रेस चौतारी नेपाल पर्सा शाखाको आज चौथो पर्सा जिल्ला अबिधेशन नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सम्पन्न भएको छ । एमालेका पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी र प्रेस चौतारी नेपालका महासचिब माधब नेपालले संयुक्त रुपमा उदघाटन गर्नुभएको अबिधेशनले आगामी ३ बर्षको लागि नयाँ नेतृत्व चयन गरेको छ । उदघाटन सत्रलाई सम्बोधन गर्दै एमालेका पोलिटब्युरो सदस्य नागेन्द्र चौधरीले देशले संविधान पायो अबको क्रान्त्रि उत्पादन मुखि बस्तालाई व्यवसायिक र अत्म निर्भर बनाउने हुनाले सञ्चारकर्मिको दायित्वपनि त्यस्ता सामाचारलाई प्राथमिकता दिनु पर्नेमा जोड दिएका थिए ।
    उदघाटन समारोहमा एमालेका नेता प्रहलाद गिरी, सांसद राजकुमार गुप्ता, बिचारी यादब, चिरञ्जीबि आचार्य, प्रभु हजारा, डाक्टर बिश्वम्भर कुमार शर्मा, प्रेस चौतारी नेपालका पुर्ब उपाध्याक्ष तथा नेपाल पत्रकार महासंघका पुर्ब मध्यमाञ्च संयोजक महेश दास, महासंघका श्याम बन्जारा, उपाध्याक्ष धु्रब साह, क्रान्तिकारी पत्रकार संघका कृष्णउदास खनाल नेपाल बार पर्साका प्रमुख प्रमोद साह, प्रेस चौतारी नेपालका केन्द्रीय सल्लाहाकार गणेश बस्नेत, केन्द्रीय उपाध्याक्ष उपेन्द्र के. सी., सचिब रामकुमार एलन, सुन्दर प्रसाद कुर्मी, लक्ष्मी खरेल, के. सी. लामिछाने, लालबाबु शेख लगायतले प्रेस चौतारी नेपालको अबिधेशन सफलताको कामना गरेका थिए ।
    आजै बसेको बन्द सत्रले अनुप तिवारीको अध्यक्षतमा १ सदस्य पछि थप्ने गरि २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जस्को उपाध्यक्षमा जितेन्द्र साह, सचिबमा संजिब मिश्रा, सहसचिबमा पुष्प तिमल्सिना, कोषाध्याक्षमा सफल खतिवडा र सदस्यमा सुरज खनाल, मनोज पटेल, राजेन्द्रसिँह नेपाली, लक्ष्मी खरेल, कबिता मैनाली, निरन्जन मिश्र, बिनोद परियार, एस के चौरसिया, शशी बिचीत्र लगायतका रहेका छन् ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रेस चौतारी नेपालको चौथो जिल्ला सम्मेलन सम्पन्न Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top