-

  • नयाँ खबर

    10 March, 2016

    ‘आर्ट अफ लिभिंग’ गुरु रविशंकर दोषी ठहर, ५ करोड जरिवाना

    थप १२० करोड जरिवाना गर्न सिफारिस

     ‘आर्ट अफ लिभिंग’ नाम गरेको धार्मिक संस्थाका अभियन्ता गुरु रविशंकरलाई वातारण विनासमा संग्लग्न भएको ठहर गर्दै भारतको ‘नेशनल ग्रिन ट्राइबुनल’ले ५ करोड रुपयाँ जरिवाना गर्ने निर्णय गरेको छ। 
    आगामी शुक्रबारदेखि यमुना नदीको किनारमा रविशंकरले बृहत ‘विश्व सांस्कृतिक कार्यक्रम’ आयोजना गर्दैछन्।
    ‘आर्ट अफ लिभिंग’ अभियानले ३५ बर्ष पुरा गरेको अवसरमा आयोजना हुने उक्त कार्यक्रम ३ दिनसम्म चल्ने छ जसमा ३० लाख बढी मानिस सहभागी हुने अपेक्षा गरिएको छ।
    उक्त कार्यक्रम स्थल निर्माणका क्रममा आयोजकले व्यापक रुपले वातावरण विनास गरेको ट्राइबुनलको ठहर छ। ट्राइबुनल न्यायधीश र विज्ञहरु भएको सरकारी समिति हो।
    कार्यक्रम नै रोक्नु पर्ने वातावरण पक्षधरले माग गरे पनि ट्राइबुनलले भने रविशंकरलाइ जरिवाना मात्र गरेको छ। उक्त निर्णयबाट असन्तुष्ट भएका रविशंकरले यस विरुद्ध सर्वोच्च अदालतमा अपिल गर्ने बताएका छन। भारतीय सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले भनेका छन् म जेल जान तयार छु तर एक पैसा पनि तिर्दिनँ।  
    ट्राइबुनलले दिल्ली विकास प्राधिकरण र दिल्ली प्रदुषण नियन्त्रण समितिलाई पनि वातावरण विनासप्रति आँखा चिम्लिएको भन्दै जरिवाना गरेको छ। प्राधिकरण ५ लाख र समिति एक लाख जरिवानामा परेका छन।
    अहिले ठूलो संख्यामा इन्जिनियर र निर्माण मजदुरले कार्यक्रम स्थल तयार पारिरहेका छन्। नदीदेखि धेरै टाढासम्मको जमिन समतल बनाइएको छ। ठूला संरचना खडा गरिएको छ। पार्किंग स्थल, शौचालय र अन्य आवश्यक संरचना निर्माण भएका छन् भने ५०/६० हेक्टर भूमिबाट वनस्पति र रुख विरुवापूर्ण रुपले मासिएको छ।
    भारतीय सेनाका जवानहरु निर्माण कार्यमा संग्लग्न छन्। उनले कार्यक्रम स्थल निर्माणमा सेना प्रयोग गर्न आफ्नो प्रभाव  प्रयोग गरेको भन्दै रविशंकरको चर्को आलोचना भएको छ।
    रविशंकरले भने उक्त विरोधलाई ‘ननसेन्स’ भनेका छन्। उनका अनुसार कार्यक्रम सात एकड जमिनमा हुनेछ जसमा ८,५०० संगीतकर्मी र १५५ देशबाट ३० लाख भन्दा बढी मानिस सहभागी हुनेछन्। ‘कमनवेल्थ खेलमा भन्दा यस कार्यक्रममा धेरै मानिस सहभागी हुनेछन,’ उनले भनेका छन्।
    ट्राइबुनलले त्यहाँको वातावरणलाई पहिले कै स्तरमा फर्काउनका निम्ति रविशंकरसँग १२० करोड भारतीय रुपैँया जरिवाना गर्न सिफारिस गरेको छ। तर, उक्त कदमका लागि १२० करोड थोरै हुने धेरैको आंकलन छ।   
    लोकप्रिय गुरुका रुपमा चिनिने रविशंकरका धेरै ब्यापारी र राजनितिज्ञहरु शुभेच्छुक र चेला छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको निकट सम्वन्ध रहेको छ। उनको कार्यक्रमलाई प्रमुख दलका नेता र सरकारका प्रमुख व्यक्तिहरुको समेत समर्थन छ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘आर्ट अफ लिभिंग’ गुरु रविशंकर दोषी ठहर, ५ करोड जरिवाना Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top