-

  • नयाँ खबर

    07 March, 2016

    सिमरा गोल्डकपमा थ्रिस्टारलाई स्तब्ध पार्दै आर्मी सेमिफाईनलमा

     सिमरा, २४ फाल्गुन २०७२
    रुस्लान थ्रिस्टार क्लबलाई स्तब्ध पार्दै साविक बिजेता त्रिभुवन आर्मी क्लब सिमरामा जारी रुस्लान सातौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको हो ।
    सिमरा रंगशाला सोमबार भएको क्वार्टरफाईनल खेलमा लिग बिजेता थ्रिस्टार क्लबलाई पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।
    लिग उपबिजेता समेत रहेको आर्मीलाई अन्तिम चारमा पु¥याउने क्रममा बिकास तामाङले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा बिमलको कर्नरबललाई सदुपयोग गर्दै बिकासले गरेको गोल निर्णायक बन्न पुग्यो ।
    खेलको सुरुवातदेखी आक्रामक खेल खेल्दै आर्मीले थ्रिस्टारलाई दवावमा राखेको थियो । राष्ट्रिय टिमका केही मुख्य खेलाडी सहभागी भएको आर्मीबिरुद्ध थ्रिस्टारको खेल आकर्षक रहन् सकेन् । खेलको सुरुवातदेखीनै आपसी तालमेल मिलाउन नसकेको थ्रिस्टारले अवसर सिर्जना गर्न नसक्दा पहिलो हाफ १–० को स्थिती सकिएको थियो ।
    भारतको गुवाहाटीमा सम्पन्न साग फूटवलमा आकर्षक गोल गर्दै चर्चामा आएका प्रकाश बुढाथोकीसहित मैदानमा उत्रिएको थ्रिस्टारको दोस्रो हाफ पनि खासै रहन् सकेन् । थ्रिस्टारको तुलनामा सन्तुलित देखिएको आर्मीको रक्षापंक्ती बिपक्षी स्ट्राईकर सामु बाधक बनेका थिए ।
    थ्रिस्टारलाई लगातार दवावमा राखेको आर्मीका नवयुग श्रेष्ठ खेलको ७८ मिनेटमा घाईते हुदै मैदान छाड्नुपरेको थियो । थ्रिस्टारका पिटर सेगनले बल हान्ने क्रममा जुत्ताले लागेर नवयुगको टाउकोमा चोट लागेको हो । उनलाई उपचारका लागि तत्कालै अस्पताल लगिएको थियो । उनको अवस्था सामान्य रहेको बताइएको छ ।
    खेलको अन्तिम समयसम्म पनि आर्मीबिरुद्ध राम्रा अवसर बनाउन नसकेको थ्रिस्टारले खेलको ८६ औ मिनेटमा पेनाल्टीबाट खेल बराबरी गर्ने मौका चुकायो । आर्मीका बिकास तामाङले सेगन ईतापायोलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा थ्रिस्टारका पिटर सेगन गोल गर्न चुके । पिटरको प्रहारलाई आर्मीका गोलरक्षक बिकेश कुथुले बचाउ गर्दै टिमको जित सुनिश्चित पारेका थिए । 

    टिमको पराजयपछि स्तब्ध बनेका थ्रिस्टारका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीले सोचेजस्तो प्रदर्शन गर्नै नसकेको बताए । आर्मीको खेल आफ्नो टिमको तुलनामा निकै राम्रो रहेको उनको भनाई थियो । आर्मीका प्रशिक्षक मेघराज केसीले जितबाट खुशी भएपनि केही राम्रा अवसर चुकाउन पुग्दा अन्तिम समयसम्म संघर्ष गर्नुपरेको बताए ।
    खेलको म्यान अफ दि म्याच आर्मीबाट खेलेका बिमल घर्तीमगर घोषित भए । बिमलाई नेपालका लागि नवनियुक्त राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जकातो कोजुले ट्रफि प्रदान गरेका थिए । कोजु सिमरा गोल्डकप हेर्न सोमबार सिमरा आएका हुन् ।
    प्रतियोगिता अन्र्तगत मंगलवार दुई पटकको बिजेता लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लब र रुपन्देही ११ बिच हुनेछ । मनाङले प्रतियोगितामा बाई पाएको हो भने रुपन्देहीले आईतवार बिभागिय टिम नेपाल एपिएफ क्लबलाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सिमरा गोल्डकपमा थ्रिस्टारलाई स्तब्ध पार्दै आर्मी सेमिफाईनलमा Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top