-

  • नयाँ खबर

    10 March, 2016

    दरबार हत्याकाण्डको १४ वर्षपछि पारसले मुख खोले (भिडियोसहित)

    काठमाडौं, २७ फागुन । पूर्वराजा विरेन्द्र शाहको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको एक पछि अर्को रहस्य खुल्ने क्रम जारी छ ।
    यसैक्रममा २०५८ जेठ १९ गते राति भएको यो घटनाका प्रत्यक्षदर्शी पूर्व युवराज पारसविक्रम शाहले हत्याकाण्डको सनसनीपूर्ण खुलासा गरेका छन् ।
    यो हत्याकाण्डमा मुख्य नायक त्यस बेलाका तत्कालिन युवराज दीपेन्द्र रहेको खबरले विश्वलाई नै स्तब्ध बनाएको थियो । तर, नेपाली जनमानसमा यो घटना रहस्यमय बनिरहेको बेला पूर्व युवराज पारसले यस घटनाको रहस्य खोलेका हुन् ।
    उनले सगरमाथा टेलिभिजनलाई अन्तर्वार्ता दिँदै दरबार हत्याकाण्ड पूर्व युवराज दिपेन्द्रले गराएको दाबी गरेका छन् ।
    उनले भने( ‘उहाँ ९दिपेन्द्र०ले पहिला बुवालाई गोली हान्नुभयो । त्यसपछि बहिनी, ज्वाई र काका धिरेन्द्रलाई हान्नुभयो । अन्तिममा आमा ऐश्वर्या र भाई निराजनलाई पनि बाँकी राख्नुभएन् । हामीहरु अर्को कोठामा हुँदा बाच्यौ ।’
    उनले आफूलाई भाग्यमानी भन्दै त्यो रात दरबारमा बाच्ने सबै भाग्यमानी भएको बताए ।
    हत्याकाण्डमा पूर्वराजा विरेन्द्रसहित १० जनाको मृत्यु भएको थियो ।


    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: दरबार हत्याकाण्डको १४ वर्षपछि पारसले मुख खोले (भिडियोसहित) Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top