-

  • नयाँ खबर

    04 March, 2016

    वीरगंज भन्सार प्रमुख र उधोगि विच आयात निर्यात बारे अन्तक्रिया सम्पन्न

     
    वीरगञ्ज, २१ फाल्गुन २०७२,
    वीरगञ्ज भंसार कार्यालयका प्रमुख भंसार अधिकृत सेवन्तक पोखरेल र वीरगञ्ज उद्योग वाणिज्य सङ्घबीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सङ्घकै सभाकक्षमा सम्पन्न भएको छ ।
    कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्नुहुँदै सङ्घका अध्यक्षका प्रदीपकुमार केडियाले आयातकर्ता निर्यातकर्ताहरुले भंसार सम्बन्धी भोग्नु परिरहेको जटिलताहरुलाई बुँदागत रुपमा प्रस्तुत गर्नुभयो । उहाँले भंसार मूल्यांकन सम्बन्धी जटिलता, भंसार एरियामा हुने भवितव्य घटनाहरुलाई न्यूनीकरण गर्न भंसार प्रशासनकै तर्फ वारुणयन्त्र लगायतको उपकरणहरुको व्यवस्था गर्नुपर्ने, पेट्रोलियम पदार्थ लगायत अति आवश्यकीय वस्तुहरुलाई ग्रीन च्यानल मार्फत् भंसार जाँचपासको व्यवस्थाका साथै भविष्यलाई ध्यानमा राखी निर्माणाधीन एकीकृत चेकपोष्टमा सुविधासम्पन्न गोदामको व्यवस्था मिलाउनुपर्ने, रक्सौल रेल्वे यार्डको भौतिक पूर्वाधार अत्यन्त नाजुक रहेकोले आयात हुने क्लिंकर, कोइला, फलाम, फ्लाई ऐस र ब्लक कार्गो लगायतका सामानहरु समयमा अनलोडिङ्ग हुन नसकेबाट भारी मात्रामा वारफेज शुल्क तिर्नुपर्ने अवस्था रहेकोले सोलाई व्यवस्थित तुल्याउनुपर्ने धारणा राख्नुभयो ।
    प्रमुख भंसार अधिकृत श्री पोखरेलले छलफलमा उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुँदै भंसारलाई राजस्व असुल गर्ने निकायको रुपमा नहेरी व्यापार सहजीकरण गर्ने निकायको रुपमा “भंसार–व्यापारी साझेदार” अवधारणालाई प्रभावकारी रुपमा अघि बढाउने भंसारको लक्ष्य रहेको छ । उहाँले आगामी आषाढ मसान्तभित्रदेखि नै वीरगञ्ज भंसार कार्यालयको जाँचपास व्यवस्थालाई अनलाईन मार्फत् गरिने जानकारी गराउनुहुँदै भंसार जाँचपास पश्चात् आन्तरिक ओसारपसारमा हुने समस्यालाई भंसार बिन्दुमा नै न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    कार्यक्रममा सङ्घका सचिव अनिल अग्रवाल (पटवारी), का.स.स. रमेश अग्रवाल, माधव राजपाल, सुमन क्याल, आशीष लाठले भंसार सम्बन्धी समस्याहरु छलफलका क्रममा राखेका थिए । सङ्घका उपाध्यक्ष सुबोध गुप्ताले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा सङ्घका सचिव दीपक टिबडेवाल, सह–सचिव मनोज शर्मा, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयलका साथै सङ्घका का.स.स.हरुको उपस्थिति रहेको थियो ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगंज भन्सार प्रमुख र उधोगि विच आयात निर्यात बारे अन्तक्रिया सम्पन्न Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top