-

  • नयाँ खबर

    03 March, 2016

    मधेसीलाई विदेशी ठानेकै कारण अधिकारवाट बन्चित राखिएको ,अध्यक्ष यादव


    वीरगन्ज २० फागुन  संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष  उपेन्द्र यादवले मधेसीलाई विदेशी मानेकैकरण तराईमा ६ महिना लामो संर्घष पाँच दर्जन भन्दा बढीले ज्यानको आहुति दिदा समेत पाहाडी मान्सिक्ताबाट ग्रसित भएको राज्यसत्ताले मधेसीलाई अधिकार नदिइएको आरोप लगाउनु भएको छ । उहाँले सरकारमा रहेको  काँग्रेस,एमाले, एमाओवादी लगायतका पहाडवादी चिन्तनले ग्रसित रहेको दलहरुले मधेसीलाई विदेशी ठानेकै कारण अधिकार नदिई  उल्टै दमन गरेको दावी गर्नुभयो ।
    पर्साको भावानीपुलमा बिहीबार फोरम नेपाल पर्साले अयोजना गरेको पार्टी प्रवेश कार्याक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ६ महिना लामो मधेस आन्दोलनले अहंकारी सरकारको कमर भाचिएको र अबको आन्दोलनले टाउको भाचनेदावी गर्दै अलपसंख्यक, उतपिडित वर्गको अधिकारलाई संविधानमा  स्थापित गर्ने दावी गर्दै उहाँले अबको आन्दोलन पहाड, हिमाल, तराई चारै तिरबाट हुने बताउनुभयो ।
    कार्यक्रममा पार्टीकीकेद्रिय सदस्य बरिमा बेगमले मधेसी जनता आन्दोलनबाट नथाकेको र फेरी आन्दोलन गर्न तयार रहेको बताउनु भयो ।
     कार्यक्रममा  जिल्ला अध्यक्ष प्रदिप यादवले मधेसी, मुस्लित, दलित, पछिपारिएको उतपिडित वर्गको अधिकार संविधानमा समावेश नभए सम्मा आन्दोलन जारी नै राख्ने दावी गरेका थिए । वक्ताहरुले काँग्रेस,एमाले, एमाओवादी, राप्रपा जस्ता खसवादी सोचबाट ग्रसित रहेका पार्टीहरुले मधेस प्रति देखाएको द्वयद चरित्रकै कारण  ती पार्टी छाडनेको संख्या दिन प्रति दिन बढदै गएको र मधेसीको अधिकारकालागि संर्घष गर्ने फोरम नेपालमा समावेश भएको दावी गरेका थिए । मधेसीको मुक्ती फोरम नेपाललेनै गर्ने विश्वास भएकै कारण ठुलो इतिशास बोकेको काँग्रेस, एमाले जस्ता पार्टी परित्याग गरी फोरम नेपालको झण्डामुनी गोलबन्द हुनेको  संख्या दिनानुदिन बढदै गएको र आज आयोजित भएको यस कार्यक्रमले त्यसको  पुष्टी गरेका अध्यक्ष यादवले बताउनभयो । उहाँले अब मधेसमा काँग्रेस एमाले जस्ता पार्टी सोपिसको रुपमा रहने र मधेसीले आफनो  भविश्य फोरम नेपालमै सुरक्षित गर्ने जन लहर नै चलेको दावी गनुृभयो ।
    आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस पर्साका पभावसाली नेता ओमप्रकास साह कानुको नेतृत्वमा सयकडौ जना काँग्रेसीहरु फोरम नेपालमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नुहरुमा नेपाली कांगे्रस ट्रेड युनियनका कोषध्यक्ष,नन्दकिशोर चौरसिया,ओम प्रकाश साह कानु,जगदिश साह कुर्मी,बिँदा साह तेली,मुकेश पटेल,पारस राउत कुर्मी,राजेन्द्र साह कुर्मी,बिदियालाल कुर्मी,शिबलाल कुर्मी,भिमबचन पटेल,हिरालाल महतो,बैजनाथ साह कुर्मी,अभिष हुसेन देवान,मकबुल मिया धोवी,चन्द्रीका राउत,ज्ञानचन्द पटेल,अछेलाल साह कानु,पनालाल साह कानु,दिपकलाल साह कानु,देवनाथ सिह राउत,चन्दलाल साह कानु,जगदीश मिया धोवी,नविजान धोवी,विनयराम चमार लगायतका करीब १ सयको हाराहारीमा नेता तथा कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका हुन । पार्टी प्रबेश कार्यक्रमको अध्यक्ष्ता मोहन राउत कुर्मीले गरेका थिए भने प्रमुख अतिथी संघिय समाजवादी फोरम नेपालको केन्दिय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए भने विशिष्ठ अतिथी करिना बेगम रहेका थिए कार्यक्रममा संघिय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादव,केन्दिय सदस्य विरेन्द्र यादव,विजय यादव,फिरोज खाँन,नरेन्द्र यादव,सरिफ गदी,श्याम यादव,अजय सर्राफ,छोटेलाल कुर्मी,जमुना यादव,रुपेश यादव लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको संघिय समाजवादी फोरम नेपाल पर्साका बासुदेव यादबले जानकारी दिनुभयो ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मधेसीलाई विदेशी ठानेकै कारण अधिकारवाट बन्चित राखिएको ,अध्यक्ष यादव Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top