-

  • नयाँ खबर

    06 March, 2016

    एपिएफलाई हराउदै रुपन्देही क्वार्टरफाईनलमा

    फाल्गुन २३ सिमरा, बारा
    सशस्त्र प्रहरीको एपिएफ क्लबलाई स्तब्ध पार्दै रुपन्देही ११ सिमरामा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशीको रुस्लान सातौं सिमरा गोल्डकप फूटवल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
    सिमरा रंगशालामा आईतवार भएको प्रिक्वार्टरफाईनल खेलमा एपिएफलाई २–१ ले पराजित गर्दै रुपन्देही अन्तिम आठमा प्रवेश गरेको हो । रुपन्देहीलाई जित दिलाउने क्रममा म्यान अफ दि म्याच घोषित योगेश गुरुङ र बुद्ध चेमजोङले गोल गरे । एपिएफका लागि भने गणेश लावतीले गोल फर्काए ।
    प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुवातमै खेलमा रुपन्देहीले अग्रता लिएको थियो । खेलको ४६ औ मिनेटमा योगेश गुरुङको आकर्षक गोलले रुपन्देही अग्रता लियो । डिबक्सभित्र बाट योगेशले गरेको प्रहार पोष्टमा लाग्दै जाली चुम्न सफल भएको थियो ।
    रुपन्देहीको तुलनामा सन्तुलित प्रदर्शन गरेको एपिएफले खेलको ५८ औ मिनेटमा बराबरी गोल फर्कायो  । राजेन्द्र रावलको क्रसलाई सदुपयोग गर्दै लावतीले खेल बराबरीमा पु¥याएका हुन् ।
    खेलको सुरुवातदेखीनै रुपन्देहीलाई दवावमा राखेपनि अवसरको सदुपयोग गर्न नसकेको एपिएफको गोलसंगै खेल निकै रामोञ्चक बन्न पुग्यो ।  खेलमा रुपन्देहीले एपिएफका स्ट्राईकर अन्जन बिष्ट र गणेश लावतीको थुप्रै प्रयास बिफल तुल्याएका थिए । रुपन्देहीले पनि केही अवसर गुमाउन पुग्दा निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
    अतिरिक्त समयको १५ औ मिनेटमा रुपन्देहीका लागि बुद्ध चेमजोङले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । डिबक्स बाहिरबाट चेमजोङले गरेको प्रहार रोक्न एपिएफका गोलरक्षक अमृत चौधरी पूर्णरुपमा असफल बनेका थिए । चेमजोङको प्रहार पोष्टमा लागेर जाली चुम्न पुगेको थियो ।
    अतिरिक्त समयमा अग्रता लिएपछि रक्षात्मक खेल खेलेको रुपन्देहीले एपिएफलाई दवावमा राख्दै नजिता आफ्नो पक्षमा पा¥यो । जितसंगै रुपन्देहीले धरानको बिराट चोकमा सम्पन्न कङदङवा गोल्डकपको फाईलनमा ब्यहोरेको हारको बदला समेत लिएको छ । खेलको म्यान अफ दि म्याच रुपन्देहीका योगेश गुरुङ घोषित भए ।
    टिमको पराजयपछि एपिएफका प्रशिक्षक जनक सिंहले केही अवसर गुमाउन पुग्दा टिमले हार ब्यहोर्नुपरेको बताए । खेलाडीले आराम नभएका कारण पनि सोचेजस्तो प्रदर्शन हुन नसकेको उनको भनाई थियो ।
    रुपन्देहीका सहायक प्रशिक्षक जगुनाथ खड्काले टिमको जितबाट सन्तुष्ट रहेको बताए । जितसंगै धरानमा ब्यहोरेको हारको बदला समेत लिएको उनको भनाई थियो । जितसंगै क्वार्टरफाईनलमा पुगेको रुपन्देहीले सेमिफाईनल प्रवेशका लागि अब लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लबसंग खेल्नेछ ।
    प्रतियोगिता अन्र्तगत सोमबार रुस्लान थ्रिस्टार क्लब र बिभागिय टिम नेपाल आर्मी क्लबबिच हुनेछ ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: एपिएफलाई हराउदै रुपन्देही क्वार्टरफाईनलमा Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top