-

  • नयाँ खबर

    02 March, 2016

    १०६ औ अन्तर्राष्टीय महिला दिवसको अवसरमा लैङ्रगीक समानताका लागि पाइला हाराहारी : सन् २०३० सम्म हिस्सा बराबरी विषयक अन्तर्किया कार्यक्रम सम्पन्न

    फागुन १९ पर्सा २०७२
    मेराे समय, संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम युएनडीपी र गृह मन्त्रालयसँगको सहकार्यमा सञ्चालन भइरहेको सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलीकरण परियोजना अन्र्तगत अाज होटल कुमु प्यालेसमा १०६ औ अन्तर्राष्टीय महिला दिवसको अवसरमा लैङ्रगीक समानताका लागि पाइला हाराहारी ः सन् २०३० सम्म हिस्सा बराबरी विषयक अन्तर्किया कार्यक्रम सम्पन्न भएकाे छ ।
    जिल्ला स्तरीय लैङ्रगीक विषयगत सरोकारवाल र महिला अधिकार कर्मी बिच लैङिगक उतरदायी बजेट सम्बन्धमा अन्तरक्रीया कार्यक्रम समपन्न भएकाे हाे । कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक तथा परियोजनाका फोकल अफिसर होविन्द्र बोगटीको प्रमुख आतिथ्य समपन्न कार्यक्रममा लैङ्रगीक समान्ताकाे विषयमा सहभागिहरूलाई जनकारि गराउदै अाफनाे धारना राख्नु भएकाे थियाे ।
    भने कार्यक्रममा विभिन्न विषयगत कार्यालय अन्तर्गत जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि मंजुर आलम, घरेलु तथा साना उधोगका थमन सिंह थापा, जिल्ला जनस्वास्थका रामकिशोर पडिंत, जिल्ला पशु सेवाका प्रतिनिधि डा। मुकेश नायक, स्थानिय शान्ति समितिका तजेन्द्र माली, पैरवी संजालका संगिता तिवारी, पूर्व मन्त्री करिमा बेगम , पत्रकार महासंघ पर्साका सचिव कृष्ण उदास खनाल, इन्सेकका प्रतिनिधि केसी लामिछाने लगायत पैरवी संजाल पर्साका सदस्य, कलष्टर सामुदायिक सुरक्षा समितिका सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियाे ।
    कार्यक्रम संचालन परियोजनाका शिवनाथ यादव, स्वागत श्रीला सरकार तथा व्यवस्थापन सहजीकरण सरोज चौरसिया, ओमप्रकाश ठाकुर र विक्की महतोले गरेका थिए । ४० जना सहभागि रहेको उक्त्र कार्यक्रममा महिला सम्बन्धी विभिन्न विषयगत कार्यालय संग आफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रम परियोजनाकी बारा पर्सा कार्यक्रम अधिकृत बैजन्ती गिरि सिंहको सभापतित्वमा सम्पन्न भएको थियोे । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: १०६ औ अन्तर्राष्टीय महिला दिवसको अवसरमा लैङ्रगीक समानताका लागि पाइला हाराहारी : सन् २०३० सम्म हिस्सा बराबरी विषयक अन्तर्किया कार्यक्रम सम्पन्न Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top