-

  • नयाँ खबर

    03 March, 2016

    सिमरा गोल्डकपमा आयोजकमाथी हटौडाको जित

    बारा २० फागुन
    सिमरा : विजय युथ क्लब हेटौडाले मोफसलकै सर्वाधिक पुरस्कार राशीको रुस्लान सिमरा गोल्डकपको सातौ संस्करणमा विजयी सुरुवात गरेको छ । 
    सिमरा रंगशालामा बिहिवार भएको उद्घाटन खेलमा आयोजक नव जनजागृति युवा क्लबलाई १–० ले निराश पार्दै विजय युथले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । जितसंगै विजय युथ प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । 
    टिमलाई अन्तिम आठमा पु¥याउने क्रममा विजय युथका लागि खेलको ५५ औं मिनेटमा सुनिल विकले निर्णायक गोल गरे । बिमल रानाले मिलाएको पासलाई सदुपयोग गर्दै सुनिलले टिमका लागि निर्णायक गोल गरेका हुन् । 
    जनजागृतिका गोलरक्षक बिनय श्रेष्ठले सुनिलको पहिलो प्रहारलाई बचाउ गर्दै फर्काएपनि दोस्रो प्रहार भने रोक्न सकेनन् । बिनयले बचाउ गर्दै फर्काएको बललाई सुनिलले पोष्टको दिशा देखाएका थिए । 
    दुई बिदेशी खेलाडीसहित मैदानमा उत्रिएको आयोजकको फिनिसिङ पक्ष कमजोर देखियो । खेलको सुरुवातमै गोल गर्ने थुप्रै अवसर खेर फाल्दा आयोजक पहिलो खेलबाटै बाहिरिन पुगेको हो । खेलको १९ औ मिनेटमा मार्सलले मिलाएको पासलाई कोड्रिक अबाले खेर फालेका थिए । त्यसको पाच मिनेट नबित्दै राकेश गुरुले मिलाएको पासमा अफ्रिकि खेलाडी मार्सल गोल गर्न चुकेका थिए । 
    खेलको पहिलो हाफमा खासै खेल प्रदर्शन गर्न नसकेको विजय युथले दोस्रो हाफमा भने खेल सुधारेको थियो । दवावमा देखिएको हेटौडाले गोल गर्ने खासै अवसर बनाउन नसकेपनि आयोजकको कमजोर रक्षापंक्तीको फाईदा उठाउदै जित आफ्नो पक्षमा पारेको थियो । 
    खेलको ६१ औं मिनेटमा आयोजक बिरुद्ध पेनाल्टीको अवसर पाएपनि सदुपयोग गर्न नसक्दा भने हेटौडा गोलअन्तर बढाउनबाट चुकेको थियो । डिबक्स भित्र आयोजकका मार्सलले हातले बल छोएपछि फिफा रेप्री लव खत्रीले हटौडालाई पेनाल्टीको अवसर दिएका दिए । पेनाल्टीमा सुनिल बल गोल गर्नबाट चुके । पहिलो प्रहारमा गोल गरेपनि अर्का खेलाडी डिबक्स भित्र प्रवेश गरेको भन्दै रेफ्रीले सो गोललाई मान्यता दिएनन् । सुनिलको दोस्रो प्रहार भने क्रसबारमा ठोक्किएको थियो । 
    आयोजकबिरुद्ध निर्णायक गोल गरेका सुनिल बिक खेलको म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्र्तगत शुक्रवार वीरगन्ज युनाईटेड क्लब र सहारा क्लब पोखराबिच प्रतिस्पर्धा हुनेछ । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सिमरा गोल्डकपमा आयोजकमाथी हटौडाको जित Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top