-

  • नयाँ खबर

    03 March, 2016

    कांग्रेससँग बिहारको विशेष सम्बन्धः नितीशकुमार

    फागुन २० काठमाडौँ
    नेपाली कांग्रेसको जारी महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै बिहारका मुख्यमन्त्री नितीशकुमारले बीपी कोइरालालाई पट्नामा भेटेको स्मरण गरेका छन् ।
    बीपी कोइराला मेलमिलापको नारा लिएर पटनाबाट काठमाडौं आउँदा तत्कालीन नेता चन्द्रशेखरसँगै आफू पनि विमानस्थलमा पुगेको उनले स्मरण गरेका हुन् ।
    उनले भने, “बीपी पटनाबाट काठमाडौं जाँदै हुनुहुन्थ्यो, उहाँलाई काठमाडौंमा गिरफ्तार गरिनेछ भन्ने हामी सबैलाई थाहा थियो ।” नेपाली कांग्रेसको संघर्षकै परिणामस्वरुप आज नेपालमा लोकतन्त्र आएको उनले बताए ।
    भारतीय समाजवादी नेताहरुसँग बीपी कोइरालाको जबर्जस्त सम्बन्ध रहेको र बीपी लगायतका कांग्रेस नेताहरुले भारतीय स्वतन्त्रताका लागि लडाई लडेको पनि उनले स्मरण गरे ।
    “कांग्रेसका नेताहरुको हाम्रो बिहारसँग त अझ विशेष सम्बन्ध छ, भारतमा इमर्जेन्सीका बेला सुशील कोइराला र चक्र वास्तोला भागलपुर जेलमा हुँदा म पनि उहाँहरुसँगै जेलमा थिएँ ।” उनले भने –“ गिरिजाबाबुसँग त कैयौं पटक भेटवार्ता भएको थियो ।”
    उनले नेपालको गणतन्त्र र लोकतन्त्रलाई शुभकामना व्यक्त गरे ।
    आफ्नो आन्तरिक समस्या आन्तरिकरुपमै समाधान गर्न नेपाल र नेपालका नेताहरु सक्षम रहेको र त्यसका लागि आफ्नो शुभकामना रहेको बताए ।
    “भारतका धेरै दलका प्रतिनिधिहरु छौं यहाँ, सम्पूर्ण भारतको शुभकामना नेपालका लागि,” उनले भने, “कुनै प्रकारको भ्रम नराख्नुहोस मनमा । भारत र नेपालको यो सम्बन्ध कहिल्यै टुट्दैन ।”
    नेपालमा एउटा पार्टीको सम्मेलनमा अर्को पार्टीका शीर्ष नेता आउने प्रचलन अदभूत भएको उनले बताए ।
    “प्रधानमन्त्री केपी ओली भर्खरै बोलेर जानुभयो, प्रचण्डजी यहीं हुनुहुन्छ, अन्य दलका नेताहरु हुनुहुन्छ,” उनले भने, “अदभूत र निकै स्वच्छ लाग्यो यो परम्परा ।”
    उनले यस्तो परम्परा भएको ठाउँमा आपसी वार्ता र छलफलबाट कुनै पनि समस्याको समाधान निस्कने बताएका थिए । - हिमालखबर
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: कांग्रेससँग बिहारको विशेष सम्बन्धः नितीशकुमार Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top