-

  • नयाँ खबर

    04 March, 2016

    केपि ओलि नेतृत्वको सरकार दुइ चार दिन मै ढल्ने - नेता यादव




    वीरगन्ज , २१ फागुन २०७२,
     संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकार दुइ चार दिन मै ढल्ने बताउनु भएको छ । 
    वीरगन्जमा शुक्रबार संघीय समाजवादी फोरम नेपाल पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष यादवले ओली नेतृत्वको सरकार दुइ चार दिनको पाहुना मात्रै भएको बताउनु भयो । अध्यक्ष यादवले भन्नु भयो  ओली सरकार दुइ चार दिनको पाहुना मात्रै हो , यो सरकार आफनै कारणले ढल्छ ,अब कसैले रोकेर पनि रोक्न सक्दैन । फोरम नेपालका अध्यक्ष यादवले भारत भ्रमणमा गएका बेला प्रधानमन्त्री ओलीलाइ भारतीय नेताहरुले पनि संविधान सच्याउन निर्देशन दिएको बताउनु भयो । भारत , चीन अमेरीका सबै मित्र राष्ट्रहरुले अहिलेको संविधान त्रुटीपूर्ण रहेको बताइसकेको भन्दै अध्यक्ष यादवले संविधान प्रति मधेशमा उठेको विरोधको आवाज सम्बोधन गर्न विदेशी मुलुकहरुले पनि ओली सरकारलाइ दबाब दिइरहेको बताउनु भयो । ६ महिने मधेस आन्दोलन विश्वकै एक उत्कृष्ट आन्दोलनका रुपमा स्थापित भएको दाबी गर्दै अध्यक्ष यादवले मधेस आन्दोलनले मधेसलाइ विश्वमै चिनाउन सफल भएको बताउनु भयो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध मधेसी दलहरु निर्णायक आन्दोलनका लागि अहिले शक्ति सन्चयमा लागेको भन्दै अध्यक्ष यादवले अबको मधस आन्दोलन मधेस मात्र सिमिति नभइ हिमाल , पहाड र तराइ मधेशमा पनि सशक्त रुपमा हुने बताउनु भयो । निर्णायक आन्दोलनका लागि शक्ति सन्चय गर्न आन्दोलनको स्वरुप मात्र परिवर्तन गरिएको भन्दै फोरम नेपालका अध्यक्ष यादवले अब निर्णायक र भयानक आन्दोलन हुने चेतावनी दिनु भयो । 
    स्वायत्त मधेस र आत्मनिर्णयको अधिकार नपाए सम्म आन्दोलन निरन्तर रुपमा चलिरहेने बताउदै अध्यक्ष यादवले मधेसको लडाइ देशभक्ति र राष्ट्रियताका लागि भएको बताउनु भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले मधेसका विरोधमा संविधान जारी गर्ने काँग्रेस , एमाले र एकीकृत नेकपा माओवादीका सांसदहरु नै मधेशीको हत्यारा भएको आरोप लगाउनु भयो । उहाँले होली पर्बका बेला गरिने होलीका दहनमा यसपाली तीन ठूला  दलका साँसदहरुको पुत्ला दहन गरिने बताउनु भयो । उहाँले होली पर्ब लगत्तै मधेसमा अझ भयानक आन्दोलन शुरु हुने चेतावनी दिनु भयो । पार्टी प्रवेश कार्यक्रमलाइ फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष एंव सांसद लालबाब्ु राउत गद्धी , केन्द्रिय सदस्यहरु करिमा बेगम , वीरेन्द्र यादव , प्रमोद गुप्ता , बच्चा यादव , रामकिशोर यादव ,समाजसेवी रामनरेश प्रसाद यादव लगायतकाले पनि सम्बोधन गरेका थिए । यसैबिच सरकारसंग वार्तामा रहेको सशस्त्र भूमीगत संगठन जनतान्त्रिक तराइ मुक्ति मोर्चा पृथ्वी समुह फोरम नेपालमा समाहित भएको छ । कार्यक्रममा पृथ्वी समुहका केन्द्रिय अध्यक्ष महाराजा यादव सहितका  नेताहरु फोरम नेपालमा प्रवेश गरेको घोषणा गरेका थिए । उनिहरुलाइ फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले अबीर टिका लगाएर स्वागत गर्नु भएको थियो । यस्तै कार्यक्रममा नेपाली काँग्रेस र नेकपा एमालेका गरिक करिब पाँच सय कार्यर्ताहरु पनि फोरम नेपालमा प्रवेश गरेको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिनु भयो । कार्यक्रम फोरम नेपाल पर्साका अध्यक्ष यादवकै अध्यक्षतामा सम्पन्न भएको थियो ।   
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: केपि ओलि नेतृत्वको सरकार दुइ चार दिन मै ढल्ने - नेता यादव Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top